न्यायिक समिति पनि पहुचवालाकै भएको गुनासो

गत आर्थिक वर्षमा १९ वटा मुद्धाहरु दर्ता

न्यायिक समिति पनि पहुचवालाकै भएको गुनासो
महेन्द्रनगर, २ साउन
कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको न्यायिक समितिमा गत आर्थिक वर्ष २०७६÷७७ मा १९ वटा मुद्धाहरु आएका छन् । खासगरी जग्गा सम्बन्धी, पारीवारीक विवाद सम्बन्धी, बाटो मिचेको, कुलो भत्किएको लगायतका मुद्धाहरु आएका न्यायिक समितिका संयोजक तथा वेदकोट नगरपालिकाका नगर उपप्रमुख सुशीला सिहले जानकारी दिनु भयो । लकडाउनका बेला चैत, वैशाख र जेठका मुद्धाहरु खासै नआएका भएपनि असारमा भने ८ वटा मुद्धाहरु आएका न्यायिक समितिले जनाएको छ । वर्खायाममा खासगरी कुलो भत्काएका, कुलो बन्द गरेका, बाटो मिचिएका, पारिवारीक समस्या, सीमा मिचेका लगायतका मुद्धाहरु गरी ८ वटा मुद्धाहरु असार महिनामा आएकामा न्यायिक समितिले ६ वटा मुद्धाहरु समाधान गरी सकेको न्यायिक समितिले जनाएको छ । न्यायिक समितिका सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरु आवश्यक परेमा विवादीत ठाउसम्म फिल्डमै जाने गरेको वेदकोट नगरपालिकाका एक जना कर्मचारी अनिल लुहारले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । विगतका दिनहरुमा ससाना विवादहरु पनि अदालतसम्म जाने गर्दथे तर अहिले स्थानीय तहहरुमा नै न्यायिक समिति बनेपछि सहजता आएको वेदकोट नगरपालिकाका स्थानीयहरुले बताएका छन् । तर स्थानीय तहका जनप्रतिनिधी नै न्यायिक समितिका रहने र ती जनप्रतिनिधीहरु कुनै न कुनै पार्टीसंग आवद्ध हुने भएकाले न्यायिक समितिले सम्पादन गर्ने कार्य र मिलायने विवादको निष्पक्षतामाथि बेलाबेलामा प्रश्न समेत उठ्ने गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर २ चादनीफाँटाका एक जना स्थानीयले आफुले २० वर्षदेखि प्रयोग गर्दै आएको बाटो छिमेकीले रोकिदिदा आफुह न्यायिक समितिमा आउदा न्याय नपाएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । शुक्लाफाँटा एफ्.एमसंग कुराकानी गर्दै उहाले न्यायिक समिति समेत हुनेखाने र पहुचवालाहरुकै लागि भएको बताउदै न्यायिक समितिले निष्पक्ष तरीकाले काम गर्नुपर्ने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.