सुदूरपश्चिम प्रदेश सरकारद्धारा करिब ६३ प्रतिशत बजेट खर्च
महेन्द्रनगर, ३ साउन
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६÷०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालु तर्फ ५५.६७ प्रतिशत र पुँजीगत तर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु तर्फको १५ अर्व ९ करोड ४८ लाख ३६ हजार मध्ये ८ अर्व ४० करोड ३४ लाख ३४ हजार ७११ रुपैयाँ खर्च भएको छ ।
पुँजीगत तर्फ १३ अर्व ६ करोड ७१ लाख ९९ हजार मध्ये ९ अर्व २८ करोड ८५ लाख ७८ हजार ५८१ रुपैयाँ खर्च भएको छ । प्रदेशमा सबै भन्दा धेरै भौतिक पूर्वाधार मन्त्रालयले ८७.६९ प्रतिशत खर्च गरेको छ । स्थानीय तहलाई वित्तीय हस्तान्तरण ८७.५७ प्रतिशत भएको छ । प्रदेश व्यवस्थापिका सचिवालयको ७७.०५ प्रतिशत खर्च भएको छ । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ५७.९७ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ५५.५५ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ५३.८४ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको ५२.९९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ४४.९२ प्रतिशत र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३७.१४ प्रतिशत बजेट खर्च भएको छ ।
सुदूरपश्चिम प्रदेश मुलुक भर सबै भन्दा धेरै बजेट खर्च गर्नेमा तेस्रो स्थानमा रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । अहिले सम्म सबै भन्दा धेरै १ .प्रदेश ७५ प्रतिशत र प्रदेश ५ ले ७० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले बताउनु भयो ।
शुक्लाफाँटा खबर
5297 posts
Comments are closed.