रानाथारु समुदायमा मनाइने तीजका अवशरमा गीत प्रतियोगिता शुरु
ओमप्रकाश पाण्डेय
महेन्द्रनगर, ३ साउन
कैलाली र कञ्चनपुरमा बसोवास गर्ने रानाथारु समुदायमा मनाइने तीजका अवशरमा गीत प्रतियोगिता शुरु भएको छ । यही साउन ८ गते ब्रिस्पतका दिन रानाथारु समुदायको तिजको अवशरमा रानाथारुको भाषा, संस्कृति पहिचान, संरक्षण, सम्वर्धन, उत्थान तथा विकास र आफ्नो मौलिक कला र प्रतिभाको उजागर गर्ने उद्येश्यले रानाथारु लोक गीत बचामए, मौलिक प्रतिभाके उजागर करामए भन्ने मुल नाराका साथ पहिलो रानाथारु सामनकि गीत प्रतियोगिता भइ रहेको नेपाल रानाथारु समाज केन्द्रिय समितिका अध्यक्ष कृपाराम रानाले जानकारी दिनु भयो । उहाका अनुसार नेपाल रानाथारु समाजको आयोजना, बेलौरी नगरपालिकाको प्रायोजनमा रानाथारु डटकमको मिडिया पार्टनर तथा प्राविधिक सहयोगमा पहिलो अनलाइन रानाथारु सामनकी गीत प्रतियोगिताको घोषणा गरीएको हो ।
नेपाल रानाथारु समाज फेसबुक र रानाथारु डटकम, फेसबुकको माध्यमबाट सो प्रतियोगिता हुने अध्यक्ष रानाले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई रु ५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई रु.३ हजार र तेस्रो स्थान हासिल गर्नेलाई रु. २ हजार प्रदान गरीनेछ । प्रतियोगिताको मुल्यांकन गर्दा खासगरी गीतको मौलिकता, बोल, स्वर, लय आदिलाई आधार मानिने जनाइएको छ । मुल्यांकनका लागि एक निर्णायक समुह हुने र सो समुहले मुल्यांकन गरी गरेको सिफारिसका आधारमा अन्तिम निर्णय आयोजकले गरीने छ । रानाथारु समुदायका महिलाहरुले प्रतियोगितामा सहभागि हुन पाउनेछन् । यही साउन ३ गते शनिवारदेखि प्रतियोगिताको गीत संकलन कार्य शुरु भएको छ भने गीत अपलोड गर्ने अन्तिम मिति साउन ७ गते बिहान १० बजेसम्म राखिएको छ । प्रतियोगिताको नतिजाको घोषणा तिजको उपलक्ष्यमा साउन ८ गते अनलाइन मार्फत हुनेछ । प्रतियोगितामा भाग लिनका लागि आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र सकेसम्म सास्ंकृति पहिरन सहितको फोटो नेपाल रानाथारु समाजको आधिकारीक फेसबुक नेपाल रानाथारु समाज तथा रानाथारु डटकम को फेसबुकको इनबक्समा वा नेपाल रानाथारु समाजको ईमेल ठेगाना नेपाल रानाथारुसमाज एटदरेटअफ जीमेलडटकममा पठाउन सकिनेछ ।
साथै नेपाल रानाथारु समाजका जुनसुकै पदाधिकारी तथा सदस्यसंग सम्पर्क गर्न सकिनेछ । सहभागीलाई प्रमाणपत्र र सहयोग रकम पनि उपलब्ध गराइने जनाइएको छ । कार्यक्रमको घोषणा नेपाल रानाथारु समाजका अध्यक्ष रानाले शुक्रवार गर्नु भएको थियो । प्रतियोगिताका लागि कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ मा रहेको बैजनाथ नमुना माध्यमिक विद्यालयका प्रधानाअध्यापक थिरेन्द्रचन्द भट्टले रु. ५ हजार आर्थिक सहयोग गर्नु भएको छ । प्रतियोगिताको सुरुको दिन स्वागत मन्तव्य समाजका उपाध्यक्ष ओमप्रकाश रानाले राख्नु भएको थियो भने उद्घाटन मन्तब प्रतिनिधी सभा सदस्य नारदमुनि रानाले दिनुभयो ।
Comments are closed.