धनगढीमा फेला परेका ४ वटै बम नेपाली सेना द्धारा निष्किय

सुदुरपश्चिम प्रदेशको राजधानि ,धनगढीको विभिन्न ४ स्थानमा राखेका संंकास्पद बस्तु फेला परेको छ ।

सुदुरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय,सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्की चुहा नगरपालिका कार्यालय अगाडी बम जस्तै देखिने संकास्पद वस्तु फेला परेको कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

प्रहरी नायव उपरीक्षक विष्टका अनुसार धनगढीमा फेला परेका ४ वटै स्थानमा भेटिएको बम नेपाली सेना द्धारा निष्किय गरेको छ ।

आज मात्रै नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले बन्दको घोषणा गरेकाले थप पृष्टी हुन बाँकी रहेको उनले बताए।

मंंगलबार बिहानै शङ्कास्पद वस्तु बम राखिएको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। विप्लव नेतृत्व नेकपाले बन्दको घोषणा गरियता पनि बजार खुलाउन प्रहरी लागी परेको उनले बताए।

कहि संकास्पद वस्तु देखा परे तुरुन्त प्रहरीलाई जानकारी गराउन नागरिकलाई आग्रह गरे।

सम्बन्धित

Comments are closed.