भारतद्धारा अतिक्रमित नेपाली भुमिको अनुगमन तथा खबरदारी

९५ पिल्लरदेखि २०० नम्बर पिल्लरसम्म भारतले नेपाली भुमि अतिक्रमित

भारतद्धारा अतिक्रमित नेपाली भुमिको अनुगमन तथा खबरदारी

ओम प्रकाश पाण्डेय
महेन्द्रनगर, ६ साउन
जनबाहिनी नेपालले कञ्चनपुरको पुर्नवास क्षेत्रमा भारतद्धारा अतिक्रमित नेपाली भुमिको अनुगमन तथा खबरदारी कार्यक्रम मंगलवार गरेको छ । देशव्यापी रुपमा सीमा अनुगमन तथा खबरदारी कार्यक्रम अन्र्तगत कञ्चनपुरको पुर्नवास नगरपालिकाको वडा नम्बर ८ विचफाटा प्यारा तालमा अनुगमन कार्य गरीएको जनबाहिनी नेपालका संयोजक शिरोमणि ओझाले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार सो प्याराताल क्षेत्रमा ९५ पिल्लरदेखि २०० नम्बर पिल्लरसम्म भारतले नेपाली भुमि अतिक्रमित गरेको छ ।

 यसरी नेपाली भुमि भारतले अतिक्रमित गरेकाले सरकारले कुटनीतिक माध्यमबाट सो समस्याको समाधान खोज्नुपर्ने संयोजक ओझाले बताउनु भयो । पहिलेपहिले सो प्यारा तालमा माछामार्न नेपालीहरुलाई भारतीयहरुले अवरोध नगर्ने गरेका भएपनि अहिले भने सो तालमा माछा मार्न भारतको वन विभागको अनुमति आवश्यक पर्ने गरेको त्यहाका स्थानीयहरुले गुनासो गरेका छन् । साथै सो क्षेत्रमा स्थानीयहरुले जग्गाको तिरो तिरीरहेका भएपनि सो क्षेत्रको जमिनको जग्गाधनी पुर्जा लालपुर्जा राखेर बैंकिगं कार्य गर्न समेत पाएका छैनन् ।

 निजी बैंक मात्रै नभएर सरकारी बैंकले समेत सो क्षेत्रको जमिनको लालपुर्जा राखेर बैंकिग कार्य गर्न नमानेको त्यहाका स्थानीयहरुले गुनासो गरेका छन् । प्यारा ताल नजिक वन विभागले तारबार गरेको भएपनि त्यसको कुनै औचित्य नै नरहेको जनबाहिनी नेपालका संयोजक ओझाले बताउनु भयो । वना विभागले सीमामा तारवार गर्नुको सट्टा त्यसो नगर्दा झनै भारतीय र त्यहाका नेपालीहरुमा सीमासम्बन्धी गलत बुझाई भएको ओझाले बताउनु भयो । सीमा सम्बन्धी तथा अन्य खालका थुप्रै समस्या भएपनि त्यहाबाट प्रदेश तथा संघीय सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुले कुनै सरोकार नराखेको पाइएको उहाले बताउनु भयो । यसअघि जनबाहिनी नेपालले कञ्चनपुरकै हुलाकी राजमार्ग निर्माण भइ रहेको र भारतले अवरोध गरेको पचुईमा समेत अनुगमन कार्य गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.