सार्वजनिक यातायात मापदण्ड अनुसार सञ्चालन नगरीएको

नेपालमा लकडाउनको अन्त्य भएसंगै यही साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधनहरु सञ्चालन भएका छन् । सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा सरकारले र यातायात व्यवसायीहरुले बनाएका मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने भनिएको भएपनि मापदण्ड अनुसार सञ्चालन नगरीएको समेत पाइएको छ ।

सरकारले जिल्लाभित्र मात्रै यातायातका साधनहरु सञ्चालन गर्नदिने तथा सिट क्षमताको आधा मात्रै यात्रुहरु बोक्न दिने मापदण्ड बनाएको भएपनि त्यो कतिपय यातायात व्यवसायीहरुले अटेर गरेको पाइएको छ । यता कञ्चनपुरमा मापदण्ड अनुसार यातायातका साधनहरु सञ्चालन भएनभएको बारेमा आफुहरुले अनुगमन तथा निरीक्षण गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले जनाएको छ ।

सरकारले यातायात सञ्चालनका बनाएको माफदण्ड अनुसार सञ्चालन भएनभएको चेकजाच गर्न आफुहरुले ठाउठाउमा ट्राफिक प्रहरी परिचालन गरेको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश केसीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

शुक्लाफाँटा एफ्.एमसंग कुराकानी गर्दै उहाले कञ्चनपुर जिल्लाका विभिन्न ठाउठाउमा ट्राफिक प्रहरी परिचालन गरीएको बताउदै १८ सिट क्षमताको यातायातको साधनमा ९ सिटमा मात्रै यात्रु राख्नुपर्नेमा राखेनराखेको निरीक्षण गरी रहेको बताउनु भयो । उहाका अनुसार अहिलेसम्म दुई तीन ओटा मापदण्ड विपरीत सञ्चालन भइ रहेका यातायातका साधनलाई नियन्त्रणमा लिएर सवारी धनीलाई कार्बाही समेत गरीएको छ ।

सरकारले लकडाउनको अन्त्य गर्दा समेत विश्व स्वास्थ्य संगठनले बनाएका मान्यताहरुपालना नगर्दै लकडाउनको अन्त्य गरेको भन्दै स्वास्थ्य क्षेत्रका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

त्यस्तै सवारीका साधनहरु पनि कोरोनाको संक्रमण भइ रहेकै बेला सञ्चालन गरीएको बताउदै यसले समुदाय स्तरमा समेत कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै चिकित्सकहरु तथा स्वास्थ्य क्षेत्रका जानकाहरुले यो बेला सबैले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनु पर्ने बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.