थारु समुदायमा ढकिया लोप हुदै
हेमन्ती चौधरी
महेन्द्रनगर, १५ साउन २०७७
खासगरी थारु समुदायमा बुनिदै आएको हस्तकला ढकिया लोप हुदै गइ रहेको छ । अन्न, तरकारी लगायतका दैनिक उपभोग्य सामाग्री राख्नका लागि प्रयोग गरीने ढकियाको पछिल्लो समय लोप हुन थालेको हो । पहिला थारु समुदायका महिलाहरु धानखेती गरी सकेपश्चात व्यक्तिगत रुपमा प्रयोग गर्न, नवविवाहित चेलीवेटीहरुलाई दाइजो दिन र विक्री गर्नको लागी बुनिने ढकिया लोप हुदै गइ रहेको कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ का थारु समुदायका महिलाहरुले बताएका छन् ।
रंगीविरंगी बुट्टाले सजिएका सुन्दर देखिने ती ढकियाहरु बुन्नका लागि कच्चा पदार्थको अभाव भएकाले ढकिया बुन्न समस्या भएको कञ्चनपुरको वेदकोट नगरपालिकामा बस्नुहुने थारु अगुवा सुनिता चौधरीले बताउनु भयो । उहाले वन जंगललाई सरकारले सामुदायिक वन बनाएकोले कच्चा पदार्थ ल्याउन नपाइने हँुदा ढकिया बुन्न नसकिएको बताउनु भयो । थारु समुदायको परम्परा ढकिया वनाउने सिपलाई सरकारले वेवास्ता गरेको र बजारमा प्लाष्टिक लगायतका विभिन्न भाडाहरु बिक्रि भइ रहेको हुंदा थारु समुदायको सीपको लोप हुनुका साथै आर्थिक रुपमा समेत प्रभाव परेको छ । त्यसैले अव सामुदायिक बनबाट कच्चा पदार्थ ल्याउन पाउनु पर्ने र सरकारले बजार व्यवस्थापन गरि दिएमा लोप हुदै गइ रहेको ढकियाको संरक्षण गर्न सकिने थारु अगुवा सुनिता चौधरीले बताउनु भयो ।