जनताका समस्यालाई मध्यनजर गर्दै विकास निर्माणका कार्य हुदै : मन्त्री बोहरा

विकास निर्माण कार्यहरुको निरीक्षण तथा अवलोकन

जनताका समस्यालाई मध्यनजर गर्दै विकास निर्माणका कार्य हुदै : मन्त्री बोहरा
रेखा कलौनी (अनु)


महेन्द्रनगर, १७ साउन
सुदुरपश्चिम प्रदेश सरकारले जनताका समस्यालाई मध्यनजर गर्दै विकास निर्माणका कार्यहरु सञ्चालन गरी रहेको प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिहं बोहराले बताउनु भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत कञ्चनपुर जिल्लामा निर्माण भएका तथा निर्माणको चरणमा रहेका विकास निर्माण कार्यहरुको शनिवार निरीक्षण तथा अवलोकन गर्दै मन्त्री बोहराले सो कुरा बताउनु भएको हो ।

 सुदुरपश्चिम प्रदेश सभा सदस्य लालबहादुर खड्कासहित अनुगमनमा आउनु भएका मन्त्री बोहराले कञ्चनपुरको भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकामा सञ्चालित विकास निर्माण कार्यहरुको अनुगमन गर्दै निर्माण सम्पन्न भइसकेका विकास निर्माण कार्यहरुको अवलोकन समेत गर्नु भएको हो । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको रौटेला जाने सडक, झोलुङ्गे पुल, कञ्चनपुरकै वेदकोट नगरपालिका भएर बग्ने चौधर नदीको किनारामा निर्माण गरिएका तटबन्ध, दैजी जोगबुढा सडकखण्ड लगायतको निरीक्षण तथा अवलोकन गर्नुभएका मन्त्री बोहराले कञ्चनपुर जिल्लामा खासगरी सडक निर्माण, तटबन्ध निर्माण, झोलुङ्गे पुल निर्माण लगायतका कार्यहरुलाई चालु आर्थिक वर्षमा प्राथमिकता दिइएको जानकारी दिनु भयो । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको रौटेला जाने सडक सडक निर्माण गर्दा सबैको सहजतालाई ध्यान दिइएको बताउदै मन्त्री बोहराले धर्मप्रति आस्थावान व्यक्तिहरुका लागि समेत सहज होस् भनेर झोलुङ्गे पुल निर्माण गरीएको बताउनु भयो । सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा आवश्यक स्थानमा झोलुङ्गे पुल बनाउने योजना रहेको मन्त्री बोहराले जानकारी दिनु भयो ।

 सडक, पुल, सिचाई, खानेपानी तटबन्ध निर्माण लगायतका कार्यहरुलाई प्रदेश सरकारले प्राथमिकता दिएको भौतिक पुर्वाधार विकास मन्त्री बोहराले बताउनु भयो । कञ्चनपुरको वेदकोट नगरपालिका भएर बग्ने चौधर नदीको किनारमा तटबन्ध गरीएकाले त्यसले जमिन कटान रोक्न सहयोग पु¥याएको र स्थानीयहरुलाई बगरमा तरकारी खेती गर्न सहज भएको जनाइएको छ । कञ्चनपुर, कैलाली र डडेल्धुराका नदीले बढि कटान गर्ने केही स्थानमा तटबन्ध निर्माण गरीएको जानकारी दिनुहुदै भौतिक पुर्वाधार विकास मन्त्री बोहराले अन्य बाकी रहेका स्थानमा समेत तटबन्ध निर्माण गरीने बताउनु भयो । कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजीदेखि डडेल्धुराको जोगबुढा जोड्ने सडक खण्डलाई प्रदेश गौरवको योजना अन्र्तगत राखिएको बताउदै मन्त्री बोहराले सो सडक निर्माण पश्चात कञ्चनपुरका वासिन्दाहरुलाई डडेल्धुरा जान सजिलो हुने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.