भीमदत्त पन्तको ६७ औँ स्मृति दिवस मनाइयो
महेन्द्रनगर, १७ साउन
कञ्चनपुरमा किसान नेता सहिद भीमदत्त पन्तको ६७ औँ स्मृति दिवस शनिवार मनाइएको छ । भीमदत्त पन्त अमर सहिद प्रतिष्ठानले पन्तको स्मृति दिवसमा वृक्षारोपण, श्रद्धाञ्जली अर्पण लगायतका कार्यक्रम गरी मनाइएको हो । स्मृति दिवसमा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिह बोहरा, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, राजनीतिक दलका नेता सहित विभिन्न क्षेत्रका अगुवाको सहभागिता रहेको थियो । भीमपन्त पन्त स्मृति उद्यानमा मन्त्री बोहरा सहितले पन्तलाई श्रद्धाञ्जली दिएका छन् । उहाको तस्बिरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिइएको हो । मन्त्री बोहरा सहित प्रदेश सभा सदस्यहरु मान बहादुर सुनार, महेशदत्त जोशी, लाल बहादुर खड्का, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट लगायतले पन्तलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यक्रममा मन्त्री बोहराले किसान नेता पन्तको अहिलेको परिवर्तन ल्याउनमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाको सपना साकार पार्न सरकारले सधै प्राथमिकता दिएको बताउनु भयो । डडेल्धुराको अमरगढी–२ कारीगाउँमा जन्मिएका पन्तको जीवनीका केही बुँदा उल्लेख गर्दै मन्त्री बोहराले तत्कालिन समयमा क्रान्ति गर्नु साहसिक कार्य भएको भन्दै प्रशंसा गर्नु भयो । सरकारले २०७२ फागुन १९ गते उहालाई सहिद घोषणा गरेको थियो ।
यसैगरी भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले पन्तको सम्मानमा नगरपालिकाको नामाकरण गरिएको उल्लेख गर्नु भयो । अब छिट्टै भीमदत्त संग्राहलय निर्माण गर्ने योजनामा नगरपालिका कटिबद्ध भएर लाग्ने बताउनु भयो । उहादे सहिद पन्तले देखाएको बाटोलाई सबैले अनुसरण गर्नु पर्ने उल्लेख गर्दै पन्तको लागि सच्चा सम्मान त्यही हुने बताउनु भयो । उद्यानमा कार्यक्रमपछि भीमदत्त पन्त प्रतिष्ठानको नव निर्मित भवनमा वृक्षारोपण गरिएको छ । भीमदत्त अमर सहिद प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले बर्सेनी पन्तको स्मृतिमा कार्यक्रम गर्दै आएको बताउनु भयो ।
Comments are closed.