जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका एक जना विरामीको आज बिहान मृत्यु भएको छ । व्यास गाउँपालिका वडा नं ५ का २८ बर्षिय लोकेन्द्र कुँवरको बिहान १ बजे मृत्यु भएको जिल्ला अस्पत्ताल दार्चुलाले जनाएको छ ।
श्वास फेर्न गाह्रो हुने र ज्वरो आइरहेको समस्या लिएर आइतबार दिउसो उनी अस्पताल पुगेका थिए । ‘उनलाई थप उपचारको लागि धनगढी जान भनिएको हो,’ जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले भने,’ तर उनी दिउँसो बाहिर जानु भएन्।’ राती एक्कासी थप विरामी भएपछि अस्पताल ल्याइएको थियो । राती १० बजे पुन अस्पताल लगिएका कुवरको बिहान १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।