अरुण र सन्दिप मोहना नदीमा वेपत्ता

मोहना नदीमा बेपत्ता भएका धनगढीका दुई किशोर अझै फेला परेका छैनन ।
उनिहरुको खोजी कार्य जारी रहेको छ । मोहना नदीमा पौडि खेल्ने क्रममा धनगढी उप–महानगरपालिका वडा नम्बर १३ का दुई किशोर वेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले वडा नम्बर १३ श्रीलंकाका १२ वर्षीय किशोर अरुण चौधरी र १५ वर्षीय सन्दिप चौधरी नदीमा वेपत्ता भएको बताए ।
आईतबार दिउसो बेपत्ता भएका उनीहरुको बारेमा प्रहरीलाई आईतबार बेलुका मात्र खबर भएको प्रहरी नायब उपरिक्षक विष्टले बताए ।

सम्बन्धित

Comments are closed.