जिल्लामा चार दिनदेखि बेपत्ता एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा लालडाडी गाउँपालिका वडा नम्वर ६ का ५० वर्षीय टीकाराम चौधरी रहेको प्रहरीले जनाएको छ ।
साउन १६ गतेदेखि बेपत्ता रहेका उनको शव सोमबार घर नजिकैको उखुबारी भित्र झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।
मृत फेला परेका चौधरीको शव परिवारको जिम्मा लगाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.