भालुको आक्रमणबाट गम्भिर घाईते भएका भैरे बटाला उपचारपछि शुक्रबार डिस्चार्ज

भालुले आक्रमण गरेर अनुहार क्षतविक्षत भएका एक जनाको धनगढीस्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा सफल उपचार गरिएको छ । अछामको रामारोशन गाउँपालिका ५ रामारोशनमा भालुको आक्रमणबाट गम्भिर घाईते भएका भैरे बटालाको उपचारपछि शुक्रबार अस्पतालले डिस्चार्ज गरेको हो । भालुको आक्रमणबाट उनको अनुहारको मासु र हड्डी पुरै थिलोथिलो भएको थियो ।

गत शुक्रबार बिहान घर नजिकैको जंगलमा घाँस काट्दै गर्दा भालुले आक्रमण गरेपछि ५० बर्षिय बटलालाई आफन्त र स्थानीयले आछामकै बयलपाटा अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भब नभएपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा ल्याएको घाइतेका ज्वाई पर्ने भरत बुढाले बताए ।

भालुको आक्रमणमा परि गम्भीर घाईते बुढाको वरिष्ठ मुख, अनुहार तथा बंगारा विशेषज्ञ डा दिपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझा, वरिस्ठ फिजिसियन रामचन्द्र पौडेल, मेडिकल अफिसर डा राजेन्द्र महर लगायतको टिमले ४ घण्टा लगाएर उपचार गरेको थियो । यस अघिपनी गाईगोरु, कुकुर, बाघको आक्रमण लगायत विभिन्नखाले जंगली तथा घरपालुवा जिबजन्तुको आक्रमण र टोकाइबाट घाईते भएकाहरुको सफल उपचार तथा अप्रेसन भएको अस्पतालका संचालक कुबेर बहादुर शाहीले बताए ।
मुख अनुहार तथा बङ्गारा सम्बन्धि अप्रेसन तथा उपचार Facial Trauma & Reconstruction Sub-Unit अन्तर्गत हुनेगरेको छ । पछिल्लो समय यता सुदुरपश्चिम प्रदेशमा विभिन्न खाले चोटपटक (Trauma) केसहरुको सफल अप्रेसन तथा उपचार निसर्ग हस्पिटलमा सम्भव हुने भएपछि भारत तथा नेपालका विभिन्न स्थानहरुमा जानुपर्ने बाध्यताबाट प्रदेशबासिले सुविधा पाएका छन् ।

सम्बन्धित

Comments are closed.