बाढीले २७ घर बगायो, दुई सयभन्दा धेरै व्यक्ति विस्थापित

बाजुराको बडीमालिका नगरपालिका २ घाग्रकी आउँसी देवी महत बाढीले बगाउँदा बेपत्ता हुनुभएको छ । गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकामा वर्षासँगै आएको बाढीमा परेर महत हराउनुभएको हो ।

बाढीले २७ घर बगाएको छ भने दुई सयभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । अहिले उद्धारको काम भइरहेको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईले बताउनुभयो । यस्तै वर्षासँगैको बाढीले एक बेलिब्रिज र पाँच वटा झोलुङ्गे पुलसमेत बगाएको छ ।

गएको वैशाखयताको चार महिनामा बाढी पहिरो र चट्याङमा परेर दुई सय ३९ जनाको ज्यान गइसकेको छ भने ५५ जना हराइरहेका छन् ।

सम्बन्धित

Comments are closed.