कञ्चनपुर जिल्लामा करेन्ट लागेर क्वारेन्टिनमा बसेकी युवतीको मृत्यु भएको छ। कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा करेन्ट लागेर २२ वर्षीया राधा वडको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले नुहाउने क्रममा करेन्ट लागेर घाइते भएकी वडको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।
उनका अनुसार वड श्रीमानसँगै आज मात्र भारतको बैङ्लोरबाट आएर क्वारेन्टिनमा बसेकी थिइन्।
Comments are closed.