छाडाचौपायाको उपचारमा युवाहरु लागे
ओम प्रकाश पाण्डेय
महेन्द्रनगर, ३० साउन
कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेका बिरामी छाडाचौपायाको नगरका युवाहरुले उपचार गरेका छन् । शुक्रवार वेदकोट नगरपालिका वडा नम्बर २ तथा वडा नम्बर ३ का युवाहरुले छाडाचौपायाको उपचार गरेका हुन् ।
नगरपालिकाले छाडाचौपायाको व्यवस्थापन गर्न नसकेको भन्ने जनगुनासाहरु आइ रहेका बेला युवाहरुको एक समुहले बिरामी छाडाचौपायाको उपचार गर्नु नमुना कार्य भएको वेदकोट नगरपालिका वडा नम्बर ३ का वासीन्दाहरुले बताएका छन् । छाडाचौपायाको व्यवस्थापन गर्न नगरपालिकालाई पटकपटक दबाब दिएको भएपनि नगरपालिकाले वास्ता नगरेको र छाडाचौपाया बिरामी भएर मर्ने स्थितिमा पुगेको देखेपछि आफुहरुले छाडाचौपायाको उपचार गरेको उपचारमा संलग्न वेदकोट नगरपालिका वडा नम्बर २ का एक जना युवा पारसमणि जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । कञ्चनपुरको वेदकोट नगरपालिका लगायत अन्य पालिकाहरु समेत छाडाचौपायाको समस्या रहेको भएपनि व्यवस्थापनका लागि पालिकाहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको तर ठुलो पालिकाहरुले त्यसमा खर्च गरेका बताउने गरेका भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् ।
Comments are closed.