ह्वीलचियर मापदण्ड विपरीत खरिद गरिएको भन्दै अख्तियारमा मुद्धा दर्ता

ह्वीलचियर मापदण्ड विपरीत खरिद गरिएको भन्दै अख्तियारमा मुद्धा दर्ता
महेन्द्रनगर, ३२ साउन
कञ्चनपुरको भीमदत्त नगरपालिकामा अपांगता भएकाहरुका लागि भन्दै किनिएका अपांगता सहायक सामाग्री (ह्वीलचियर) मापदण्ड विपरीत खरिद गरिएको भन्दै त्यस विषयमा छानविन गरिदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा आईतवार मुद्धा दर्ता गरीएको छ ।

 

 

अपांगता भएका व्यक्तिहरुले भीमदत्त नगरपालिकाको अपांगता परिचय पत्र वितरण स्थानीय समन्वय समितिका संयोजक सुशीला चन्दको संयोजकत्वमा २०७७ साल जेठ २९ गतेको बैठकको निर्णय बमोजिम अपांगता सहायक सामाग्री ह्वीलचियर खरीद गर्ने भनी भएको निर्णय बमोजिम खरीद गरीएका २५ थान ह्वीलचियर विश्व स्वास्थ्य संगठन र महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालयको अपांग पुर्नस्थापन निर्देशिका मापदण्ड विपरीत खरीद गरिएको भन्दै छानविन गरीदिन मुद्धा दर्ता गरिएको हो । सो ह्वीलचियरहरु पुर्ण अशक्त रअतिअशक्त अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्न नसक्ने र प्रयोग गरीहाले पनि दुर्घटना हुने खालका भएका अपांगता भएका व्यक्तिहरुल्े गुनासो गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरमा दर्ता गरिएको मुद्धामा भीमदत्त नगरपालिका आदित्य फार्मेसी महेन्द्रनगर कञ्चनपुरका बिच २०७७ साल असार १७ गतेका दिन भएको सम्झौता पत्रको बुदा नम्बर २ अनुसार अपांगता सहायक सामाग्री ह्वीलचियर उपलब्ध गराउने भनिएको भएपनि अर्कै कम्पनीको गुणस्तरहिन अस्पतालमा बिरामी बोक्ने ह्वीलचियर खरीद गरी मिलोमतोमा आर्थिक अनियमितता भएको देखिएकाले छानविन गरीदिन आग्रह गरिएको छ । केही अपांगता भएका व्यक्तिहरुले बुझेका ह्वीलचियर उपयोगी नभएको भन्दै फिर्ता समेत गरिएको जनाइएको छ ।

 

यस विषयमा कञ्चनपुरको भीमदत्त नगरपालिकाको महिला उपशाखाका कुन्ती लेखकसंग बुझ्दा उहाले नगरपालिकाले अपांगता भएका व्यक्तिहरुका लागि भन्दै बजेट बिनियोजन गरेको र लकडाउनका कारण अन्य सामाग्री सहयोग गर्न सक्ने अवस्था नभएकाले अपांगता भएका व्यक्तिहरु समेत सदस्य रहेको अपांगता परिचय पत्र वितरण स्थानीय समन्वय समितिले नै निर्णय गरी ह्वीलचियर खरीद गरिएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । ह्वीलचियर वितरण पश्चात केही व्यक्तिहरुले नापजाच नगरी खरीद गरिएको भन्दै विरोध गरेको बताउदै लेखकले लकडाउनका कारण नापजाचका लागि काठमाण्डौबाट प्राविधिक बोलाउन नसकेको बताउनु भयो । कञ्चनपुरको भीमदत्त नगरपालिकाले २५ ओटा ह्वीलचियर रु. १५ हजार प्रति ह्वीलचियरका दरले कुल ३ लाख ७५ हजार रुपैयामा गत आर्थिक वर्ष २०७६÷७७ मा खरिद गरेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.