धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको छ । उपमहानगरपालिकाको वडा नम्वर ३ को कार्यालय यही भदौ १० गते सम्मका लागि बन्द गरिएको छ । यसा साथै वडाबासीहरुलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरिएको छ ।
धनगढीमा पुनः लकडाउन हुने भएको छ । समुदायस्तरमै कोरोना फैलिने खतरा रहेको भन्दै त्यसको नियन्त्रणका लागि पुन लकडाउन गर्ने धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए ।
अहिले समुदाय स्तरमा पनि बिभिन्न ब्यक्तिमा कोरोना देखिन थालेको भन्दै उपमहानगरपालिकामा छलफल भएको र अधिकंशले लकडाउन गर्नुपर्ने सहमती भएको बताए ।
Comments are closed.