नाली र तटबन्ध भत्किदा समस्या, पहल भइरहेको जनप्रतिनिधीको भनाई

नाला र तटबन्ध भत्किदा राजमार्ग नै कटानको जोखिममा

नाली र तटबन्ध भत्किदा समस्या, पहल भइरहेको जनप्रतिनिधीको भनाई
महेन्द्रनगर, ४ साउन
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० मा पथरैया खोलामा नाली र तटबन्ध भत्किएको करीब दुई महिना बितिसक्दा समेत मर्मत नगरीएको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गरेका छन् ।

 गत आर्थिक वर्ष २०७६÷७७ को अन्त्यतिर निर्माण गरीएको नाला तथा तटबन्ध भत्किएको सो स्थानको स्थलगत अवलोकन गरी फर्कनु भएका विभिन्न सामाजिक कार्यमा सक्रिय संस्था जनबाहिनी नेपालका संयोजक शिरोमणि ओझाले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार नाला र तटबन्ध भत्किदा पुर्व पश्चिम राजमार्ग नै कटानको जोखिममा परेको छ ।

 स्थानीयहरुले स्थानीय जनप्रतिनिधी तथा सरोकारवालाहरुले तत्काल भत्किएको नाला तथा तटबन्धको निर्माण गरिदिनुपर्ने बताएका छन् । नाली र तटबन्ध भत्किदा पथरिया पुल नै जोखिममा परेको भन्दै स्थानीयहरुले सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताएका छन् ।

 यस विषयमा लम्की चुहा नगरपालिकाका नगर उपप्रमुख टिका थापाले आफुहरुको त्यसमा ध्यान गएको बताउदै पटकपटक त्यो क्षेत्रको अनुगमन तथा अवलोकन गरीएको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । नगरपालिकाका जनप्रतिनिधीहरुले अवलोकन गरी सो क्षेत्रको अवस्थाका विषयमा जानकारी लिएको बताउनु हुदै उपप्रमुख थापाले नगरपालिकाको बजेटले नालीको निर्माणसम्म हुन सकेपनि तटबन्ध लगायतको मर्मतका लागि प्रदेश सरकार, संघ सरकार र सडक विभागले समेत पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.