आरक्षपिडीतले तीनै तहका सरकारलाई ज्ञापन पत्र बुझाए

कञ्चनपुर महेन्द्रनगर
आरक्षपिडीत भुमीहिन सुकुम्बासी संयुक्त संघर्ष समीती कञ्चनपुरले आफुहरुका समस्या समाधान गरीदिन भन्दै स्थानीय सरकार मार्फत तीनै तहका सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

कञ्चनपुरको तत्कालीन शुक्लाफाटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा राज्यद्धारा ४ हजार ३ सय १४घरपरीवार विस्तापित भएको लामो समय भइसक्दा समेत अझैसम्म आफुहरुको समस्या समाधान नहुनु दुखद भएको आरक्षपिडीत भुमीहिन सुकुम्बासी संयुक्त संघर्ष समीती कञ्चनपुरले बिहीवार तीनै तहका सरकारलाई बुझाएको ज्ञापन पत्रका उल्लेख गरिएको छ ।

कञ्चनपुरको विभिन्न ठाउमा १०० बर्ष देखी बसोबास गर्दै चलन भोग गर्दै आँएको स्वामित्व अव्यावस्थीत रुपमा बसोबास रहेको छ । साथै तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा समःया समाधान आयोगबाट सट्टा भर्ना दिने क्रममा सो ठाउँबाट विस्तापित भएका परिवाहरु पनि हाल सम्म अलपत्र परेका छन । हाल सम्म पनि यि सबै समस्या जस्ताका त्यस्तै छन् ।

२०७४ सालको आम निर्वाचन पछी नेपालमा तिन तहका सरकार बनेपछी पनि भुमीहीन, सुकुम्बासी, हलीया कमलरी, बाढीपिडीतको समस्या समाधान भएको छैन ।

निर्वाचनको बेला आरक्षपिडीत, बाढीपिडीत,हलीया ,कमलरी, भुमीहीन, सुकुम्बासी, अव्यवस्थित बसोबास यि सबै समस्याको दिगो रुपमा समाधान गर्ने प्रति बद्धता चुनावी घोषण पत्रमा उल्लेख भएको आफुहरुले सम्झिरहेको आरक्षपिडीत भुमीहिन सुकुम्बासी संयुक्त संघर्ष समीती कञ्चनपुरले ज्ञापन पत्रमा उल्लेख गरेको छ । साथै सुखी नेपाली सम्बृद्ध नेपाल सरकारको मुल नारा रहेको छ ।झण्डै दुईतिहाई नजिक सरकार छ स्थानीय सरकारको कार्यकाल ३ बर्ष प्रदेश सरकारको र संघीय सरकार को कार्यकाल २।५ बर्ष विती सक्दा पनि यी सबै समस्याहरुको समाधान गनै कुनै कार्य थालनी नभएको हुदा पिडीतहरुमा निराशा छाएको पीडितहरुले बताएका छन् ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित गरीएका परीवार कञ्चनपुरका विभिन्न क्षेत्रमा अस्थाईरुपमा बसोबास गरी ज्याला, मजदुरी, अधीया, बटिया, गरी जिबीको पार्जन गरीरहेका भएपनि कोही भने जिविकोपार्जनका लागि विदेशिन बाध्य भएको समेत आरक्षपिडीत भुमीहिन सुकुम्बासी संयुक्त संघर्ष समीती कञ्चनपुरले जनाएको छ ।

भुमीहीन सुकुम्बासीहरुले आफुहरु बर्षौ देखी भुमी तथा आवासको व्यवस्था नभई खुल्ला आकाशमुनी बस्न बाध्य भएकाले आफुहरुका सस्मया समाधान गर्न गराउन स्थानीय सरकारको अहम भुमीका रहनेमा आफुहरु आशाबादी रहेको समेत आरक्षपिडीत भुमीहिन सुकुम्बासी संयुक्त संघर्ष समिति कञ्चनपुरले जनाएको छ

रेखा कलौनी

सम्बन्धित

Comments are closed.