संवाद समुहद्धारा समसामयिक विषयमा छलफललाई निरन्तरता
ओमप्रकाश पाण्डेय
महेन्द्रनगर, ५ भदौ
संवाद समुह कञ्चनपुरले आम नागरीकका समस्या तथा समसामयिक घटनाक्रममा बारेमा सम्बन्धित सरोकावालाहरुसंगको छलफललाई निरन्तरता दिएको छ । विगतदेखि विभिन्न किसिमका विवादहरुको समाधानका लागि पहल गर्ने मात्रै नभएर विभिन्न किसिमका सामाजिक कार्यमा सक्रिय संवाद समुह कञ्चनपुरले विगत केही दिनदेखि विभिन्न सरोकारवालाहरुसंग अहिलेको कोभिड १९ को महामारीका बेला तीनै तहका सरकार, जनप्रतिनिधी, सरोकारवाला तथा आम नागरीकहरुले गर्नुपर्ने कार्यका विषयमा भर्चुअल छलफल तथा अन्र्तक्रियालाई निरन्तरता दिएको छ ।
कोभिड १९ को महामारीको बेला संवाद समुह कञ्चनपुरले संवाद समुहका कञ्चनपुरका सदस्यहरु, सुदुरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरु, विभिन्न सरोकारवालाहरु तथा तीनै तहका सरकारका जनप्रतिनिधीहरु लगायतसंग विभिन्न समसामयिक विषयमा छलफल गरीएको संवाद समुह कञ्चनपुरका सहजकर्ता तथा संवाद समुहका प्रशिक्षक तुलसी जोशीले जानकारी दिनु भयो । उहाका अनुसार बुधवार मात्रै संवाद समुह कञ्चनपुरका सदस्यहरु, सहकर्ता, प्रशिक्षक तथा सुदुरपश्चिम प्रदेश सभा सदस्यद्धय महेशदत्त जोशी र लालबहादुर खड्कासंग समसामयिक विषयमा छलफल गरिएको छ ।
प्रदेश सभा सदस्यहरुसंग प्रदेश सरकारले कोभिड १९ को महामारी रोकथामका लागि प्रदेश सरकारले गरी रहेका काम, किसानहरुका समस्या, कञ्चनपुरको महाकाली अस्पतालमा उपकरणको व्यवस्थापन लगायतका विषयमा छलफल भएको संवाद समुहका प्रशिक्षक जोशीले जानकारी दिनु भयो । छलफलमा किसानहरुले दोब्बर भन्दा बढि मुल्य तिरेर समेत मलखाद नपाइ रहेको, महाकाली अस्पतालमा यन्त्र, उपकरणको अभाव हुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको लगायतका विषयमा छलफल गरिएको जनाइएको छ ।
संवाद समुहले यसअघि पनि जोरबिजोर प्रणाली अनुसार सवारी साधन सञ्चालन गर्दा देखिएका समस्या लगायतका विषयमा सरोकारवालाहरुसंग छलफल गरेको थियो ।
Comments are closed.