भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन

भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याईएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको हो ।

वायुको गुणस्तर मापन गर्ने सोलार प्यानल सहितका उपकरण, कन्टेनर, डिस्पले बोर्ड लगायत राखिएका छन् । डिस्पले बोर्डमा भीमदत्त नगर सहित देशभरीको वातावरण सम्बन्धी जारी दिईने व्यवस्था गरिएको छ । यो मापन केन्द्रका देशका अन्य भागमा समेत राखिएको छ ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले वायु मापन केन्द्रबाट बजार क्षेत्रको प्रदुषणको अवस्था सम्बन्धि जानकारी पाइने बताए । ‘दैनिक रुपमा कस्तो हावा खाई रहेका छौ, त्यसको स्तर कस्तो छ, यो जानकारी यसबाट पाउन सकिन्छ’ उनले भने, ‘यो बाहेक डिस्पेलबाट देशभरको हावाको गुणस्तर पनि थाहा पाउन सकिनेछ ।’

वायु मापन केन्द्रबाट महेन्द्रनगर बजार सहित देशका अन्य सहरको प्रदुषणको अवस्था सम्बन्धि जानकारी लिन सकिनेछ ।
केन्द्रले २ दशमलव ५ माइक्रोमिटर भन्दा साना धुलो पानी लगायतका कणहरुको मापन गरी जडान गरिएको छ ।

भीमदत्त नगरपालिकाका वातावरण शाखका वातावरण अधिकृत गणेश ठगुन्नाले मापन केन्द्रबाट विशेष गरी भीमदत्तनगर बजार क्षेत्रको वायुको अवस्थाबारे सहज रुपमा जानकारी प्राप्त हुने बताए ।

केन्द्रमा राखिएका उपकरणको मद्दले हावाको आद्रता, हावाको तापक्रम, हावाको गति, हावा कता तर्फ बगि रहेको छ त्यस बारेमा समेत जान्न सकिने व्यवस्था गरिएको छ ।

सुदुरपश्चिम प्रदेशमा यस अघि धनगढीमा केन्द्रको स्थापना गरिएको थियो । वातावरण विभागले भीमदत्त सहित देशका अन्य भागमा मापन केन्द्र स्थापनाका लागि एक÷एक करोड बजेट विनियोजन गरेको थियो

सम्बन्धित

Comments are closed.