निषेधाज्ञा जारी भएपछि कैलालीका बजार क्षेत्र सुनसान
निषेधाज्ञाको पुर्ण रुपमा कार्यान्वयन गराइ रहेको प्रहरी प्रशासनको भनाई
निषेधाज्ञा जारी भएपछि कैलालीका बजार क्षेत्र सुनसान
रेखा कलौनी ( अनु )
धनगढी, ६ भदौ
कैलालीमा निषेधाज्ञा जारी भएपछि कैलालीका बजार क्षेत्र सुनसान बनेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीवार मध्य रातिदेखि निषेधाज्ञा जारी गरेपछि कैलालीको बजार क्षेत्र सुनसान बनेको हो । बिहीबार राति १२ बजेदेखी सुरु भएको निषेधाज्ञा भदौ १४ गतेसम्म जारी हुने छ ।
बजार क्षेत्रमा अत्यावश्यक सेवाबाहेकका अन्य सवारी साधन सञ्चालनमा नरहेको स्थानीय प्रशासनले जनाएको छ । यसअघि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कैलालीले अत्यावश्यक कार्यवाहेक घरबाहिर निष्कन नपाउने नियम लागु गरेको थियो । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३ बमोजिम बिहीबार राति १२ बजे देखि यही भदौ १४ गते राति १२ बजेसम्म कैलाली जिल्लाभर लागु हुनेगरी औषधी खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्नु भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाको प्रहरीले पुर्ण रुपमा कार्यान्वयन गराइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताउनु भयो । यो नियमको पालना गराउन करीब ६ सय भन्दा बढी प्रहरी कैलाली जिल्लाभरीका मुख्य मुख्य ठाउमा परिचालन गराएको प्रहरी नायब उपरीक्षक बिष्टले शुक्लाफाटा एफ्.एमलाई जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिबन्ध लगाएका गतिविधिमा संलग्न तथा बिना काम आवतजावत गर्ने पैदल यात्री तथा साइकल यात्रीहरुलाई सम्झाई बुझाई छोड्ने गरेको बताउदै प्रहरी नायब उपरीक्षक बिष्टले यदी कसैले अटेरी गरेमा आफुहरुले नियन्त्रणमा समेत लिने गरेको बताउनु भयो । नियम विपरीत सञ्चालन गरीएका ५६ वटा सवारी साधनहरु शुक्रवार नियन्त्रणमा लिई कार्बाही गरिएको बताउदै उहाले शनिवार दिउसोसम्ममा नियम विपरीत सञ्चालन गरिएका ६ वटा सवारी साधन नियन्त्रणमा लिएको बताउनु भयो । मास्क नलगाउनेहरुलाई पनि केही समय रोकेर राखी सम्झाएर छोडने गरेको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिनु भयो ।
खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री खरीदबिक्रीका लागि बिहान ५ बजे देखी बिहान ९ बजेसम चार घण्टाको समय निर्धारण गरिएको बताउदै प्रहरी नायब उपरीक्षक बिष्टले मेडीकल अथवा स्वास्थ्य समाग्री बोक्ने साधन अत्यावश्यक सेवा अरु बेला पनि सुचारु नै रहेको उहाले जानकारी दिनु भयो । बजार क्षेत्रमा निषेधाज्ञाको पालना भएपनि गाउ घरमा भने बिहानै देखि कतिपय स्थानीयहरु मोटरसाइकल लिएर बिना काम आवतजावत गरी रहेका भन्ने सर्वसाधारणहरुको गुनासो आइ रहेको बेला प्रहरी प्रशासनले त्यस्ता क्षेत्रका जनप्रतिनिधी र संञ्चार माध्यमबाट सचेत रहन पनि आग्रह गरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताउनुभयो । भित्री क्षेत्रमा केही असहज परिस्थित रहेको बताउदै उहाले आफुहरुले स्रोतसाधनले भ्याए सम्म नागरीकलाई सचेत गराई रहेको बताउनु भयो ।
Comments are closed.