दार्चुलाको ब्यास गाउँपालिका ३ लाई खर र धुवा मुक्त बनाउने अभियान सुरु गरिएको छ । गाउँपालिकाको खरमुक्त र धुँवामुक्त ब्यास कार्यक्रम अन्र्तगत तुसरपानीका वासिन्दालाई जस्तापाता र ग्याँस सिलिण्ड दिइएको छ ।
गाउँपालिकाका अध्यक्ष दिलिप सिँह बुढाथोकीको उपस्थितिमा केही दिन अघि वस्तीमा जस्तापाता र सिलिण्डर वितरण गरिएको छ ।
गत साउनमा तुसरपानीको स्थानीय पहिराको जोखिममा देखिएपछि गाउँपालिकाका अध्यक्ष बुढाथोकी सहित प्रमुख प्रशासकीय अधिकृत शेरचन्द्र ओझाले स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा तुसारपानीका २९ परिवारको जोखिममा देखिएपछि जस्तापाता र सिलेन्डर ग्याँस दिइएको हो ।
गाउँपालिकाका अध्यक्ष बुढाथोकीले गाउँपालिकाका सबै घरलाई खरमुक्त र धुँवामुक्त बनाउने कार्यक्रम अन्र्तगत तुसरपानीमा जस्तापाता र सिलिण्डर वितर(ा गरिएको जानकारी दिए ।
‘पहिरोको त्रासमा बसिरहेका जनताको बस्तीमा गएर स्थलगत अध्ययन गरी जस्तापात र सिलिण्डर दिइएको हो’ अध्यक्ष बुढाथोकीले भने ।
अध्यक्ष सहित जनप्रतिनिधि गाउँमै आएर जस्तापात र सिलिण्डर दिएपछि स्थानीयले सरकारदे आफ्नो मार्का बुझेको भन्दै प्रशंसा गरेका छन् । ‘अध्यक्ष आफैं आएर सहयोग गर्दा गाउँमै सरकार पुगेको अनुभूति भया’ स्थानीय उज्ज्वल डडालले भने ।
गत साउन १९ गते गाउँको माथिबाट पहिरो आउँदा तुसरपानीका २९ घर जोखिममा परेका थिए । परिहरो क्षति नभए पनि स्थानीयहरु विद्यालयमा बस्न थालेका थिए ।
Comments are closed.