कञ्चनपुर जिल्लामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका १ बैशाखी भन्ने ठाउँमा सोमबार राति चटयाङ लागेर २२ वर्षीय लोकेन्द्र चन्दको मृत्यु भएको हो ।
चटयाङ लागेर गम्भीर घाइते भएका चन्दलाई उपचारका लागि निसर्ग अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
यस्तै चट्याङ लागेर २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएका छन् । उनीहरुको पनि निसर्ग अस्पतालमा उपचार भैरहेको छ ।