कैलालीमा निषेशधाज्ञा जारी भएसंगै बन्द रहेका बैंकहरु एक दिन बिराएर खुल्ने भएका छन् । दिनप्रतिदिन कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि जिल्लामा रहेका बैंक तथा बित्तीय संस्था आज देखी एक दिन विराएर मात्रै खुल्ने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाईमा सोमबार नेपाल राष्ट्र बैंक धनगढीमा विभिन्न बैंकका प्रतिनिधि सहितको बैठकले आजदेखी एकदिन बिराएर विहान ८ बजेदेखि ११ बजे सम्म खुल्ला गर्ने निर्णय गरिएको हो ।