चट्याङ लागेर एक युवकको मृत्यु, ३ जना घाईते

कञ्चनपुर जिल्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । बुधवार पुनर्वास नगरपालिका वडा नम्वर ११ अमरबस्तिमा चट्याङ लागेर २७ बर्षीय स्थानीय गणेश सिंहको मृत्यु भएको हो ।

यस्तै चट्याङ लागेर अन्य तीन जना घाईते भएका छन् । घाईते हुनेहरुमा सोही ठाउँका ३० बर्षीय लालबहादुर बोगटी, १६ बर्षीया भावना भुल र ३७ बर्षीया पशुपति सार्की रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले जानकारी दिए ।

घाईते तिनै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित

Comments are closed.