माहाकाली नगरपालिकामा ज्वरोका कारण ७ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैमा १०३ डिग्री भन्दा बढी ज्वरो देखिएको थियो ।
ज्वरोको लक्षण देखिएका ३ देखि ४ दिनभित्र सबैको मृत्यु भएको हो । दोधारा चाँदनीस्थित दोधारा स्वास्थ्य केन्द्रका अनुसार उनी सबैको १० दिन यता ज्वरो आएर मृत्यु भएको छ ।
स्वास्थ्य केन्द्रका अनुसार १० दिन भित्र ८ जनामा यस्तो लक्ष्मण देखिएको छ । त्यसमध्ये ७ जनाको मृत्यु भएको छ । एक जनाको अवस्था गम्भीर छ भने अर्का सञ्चो लागेको छ ।
दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका डा. गगन चौधरीले लक्ष्यण देखिएको ३ देखि ४ दिनभित्र सबैको मृत्यु भएको बताए ।
डा. चौधरीले यो रोगको बारेमा केही पत्ता नलागेकोले ज्वरो आउने बित्तिक्कै प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न डा. गगन चौधरीले आग्रह समेत गरेका छन् ।
उनले रोगले महामारीको रुप लिन सक्ने भन्दै सबै निकायलाई गम्भीर हुन आग्रह गरेका छन् ।
Comments are closed.