कैलालीका पछिल्लो समय बैंकमा कार्यरत कर्मचारीहरुमा पनि धमाधम कोरोना देखिन थालेको छ । अत्तरियामाको ग्लोवल आइएमई बैंक सहित जिल्लामा रहेका बिभिन्न बैंकमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएको हो ।
११ दिनको अबधिमा जिल्लाभरि १० जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ग्लोवल आइएमई र सिविल बैंकका ४\४ जना , कृषि विकास बैंक र सानिमा बैंकका १\१ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
जसमा ग्लोवल आइएमई बैंक अत्तरिया शाखाका ३ र धनगढी शाखाका १ जना , सिबिल बैंकको लम्कीचुहा नगरपालिका शाखाका २ जना र जानकी गाउँपालिकाको शाखा २ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।
यसैगरि धनगढीमा रहेको सानिमा बैंकका १ जना र धनगढीकै कृषि विकास बैंकका १ जना कर्मचारी कोरोना संक्रमण पुष्टि भएको छ ।
अत्तरियाका बैंकका कर्मचारी एक जना गोदावरी नगरपालिका वडा नं १ कै स्थानिय हुन् भने एक जना धनगढी र एक जना कञ्चनपुरका हुन् । अहिले ३ जना होम आइसोलेसनमा रहेको छन् ।
Comments are closed.