डोटीमा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा लागु गरिने भएको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही भदौ १४ गते आइतबार राती १२ बजेदेखि २१ गतेसम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।
शनिवार आदेश जारी गरिने डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।
उनले जिल्लाभित्र कोरोना महामारीको प्रभाव बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि निषेधाज्ञा लागु गरिने बताए । निषेधाज्ञा अत्यावश्यकीय बाहेक अन्य सबै सेवाहरु बन्द हुने छन् ।