धारिलो हतियार प्रहार गरि हत्या गर्ने गोविन्द भट्ट पक्राउ

दार्चुलामा धारिलो हतियार प्रहार गरि हत्या गर्ने पक्राउ परेका छन् । प्रहरीले जिल्लाको शैल्यशिखर नगरपालिका २ रौतेउडा सल्लेबगर बस्ने ४५ वर्षीय शेरबहादुर चन्दको हत्या गर्ने वडा नम्बर २ तारुलीका ३४ वर्षीय गंगादत्त भनेर चिनिने गोविन्द भट्टलाई पक्राउ गरेको हो ।

भट्टले शेरबहादुरको टाउँको र गर्धनमा धारिलो हतियार हँसिया (बनास) प्रहार गरि हत्या गरेको हत्या गरी फरार रहेका भट्टलाई शुक्रवार बिहान सवा १० बजे पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

बिहीवार चन्दको हत्या गरी फरार भएका भट्टलाई प्रहरीले शुक्रवार वडा नम्बर २ को तारुली जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए । भट्टलाई जन्मकैदको सजाय हुने उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.