सुदूरपश्चिम प्रदेशमै भीमदत्त नगरपालिका पिसीआर मेसिन खरिद गर्ने पहिलो पालिका

कोरोना परिक्षणका लागि सुरुमा ¥यापिट टेस्ट (जाँच) गरिरहेका थियौं । ¥यापिट टेस्ट प्रभावकारी नभएको र पिसीआर टेस्टको माग आएपछि हामीले पिसीआर मेसिन खरिदको निर्णय गरेका थियौं । महाकाली अस्पताल प्रदेश स्तरको अस्पताल
हो । अस्पतालमा पिसीआर टेस्टका लागि ल्याब स्थापना गर्नु पर्छ भन्ने हाम्रो माग रह्यो । पिसीआर ल्याबका लागि प्रदेश सरकारसँग माग ग¥यौ । तर, प्रदेश सरकारका तर्फबाट पिसीआर टेस्टका लागि बजेटको व्यवस्थापन तत्काल नहुने देखिएपछि भीमदत्त नगरपालिको पिसीआर मेसिन खरिद गरेको हो । मानव स्वास्थ्य तथा सुरक्षाका लागि कोरोना परीक्षणको दायरा बढाउनु आवश्यक थियो । महाकाली अस्पताल, प्रदेशका प्रदेश सभा सदस्यहरु र विभिन्न पालिकाकका प्रमुख, उप प्रमुखसँग छलफल ग¥यौं । सबैको सहकार्यमा पिसीआर ल्याब स्थापना गर्नु जरुरी छ भन्यौं ।

त्यो सहकार्य अन्तर्गत भीमदत्तले पिसीआर मेसिन खरिद गरेको छ । महाकाली अस्पालतले आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने प्रतिवद्धता रह्यो । त्यही अनुरुपको ल्याब स्थापनका लागि तीन सदस्यीय कार्यदल बनाएका थियौं । कार्यदलले महाकाली अस्पतालमा ल्याब स्थापना गर्ने प्रतिवद्धता जनायो । ल्याबका लागि आवश्यक पर्ने उपकरण प्रदेश सरकारले उपलब्ध गराउने, केही रकम अन्य पालिकाबाट सहयोग हुन्छ भनेर सबै प्रतिवद्धता गरेको थियो । पिसीआर मेसिनका लागि भीमदत्तले बजेट विनियोजन ग¥यो । खरिद पक्रियामा केही ढिलाई भए पनि अहिले पिसीआर यहाँ पुगेको छ । अब छिटो भन्दा छिटो जडान पक्रियामा जानु पर्छ । महाकाली अस्पतालका अध्यक्षज्यूसँग पिसीआर मेसिन जडानका लागि समन्वय भइरहेको छ । पिसीआर मसिनको गुणस्तरता जाँच गरी अस्पताललाई हस्तान्तरण गर्छौ ।

पिसीआर मेसिन यहाँ पुगिसकेको छ । मेसिन सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति महाकाली अस्पतालले तालिम दिएर तयार गरेको भन्ने जानकारी आएको छ । अब पूर्वाधार र उपकरणको आवश्यकता छ । महाकाली अस्पतालमा छिटोभन्दा छिटो पूर्वाधार निर्माण गरि दिन ुपर्छ । प्रदेश सभा माननीयहरुले प्रतिवद्धता गरे अनुसार सुदूरपश्चिम सरकारले उपकरणको व्यवस्थापन गरी दियो भने चाँडै पिसीआर मेसिन सञ्चालनमा आउँछ । ल्याब स्थापना गरेर पिसीआर टेस्टको दायरा बढाउनु पर्नेछ । सबैले समन्वय गरेर अघि बढ्नु पर्नेछ । तर, केही ग्याब भइरहेको छ ।

हामी सबै सरकोकारवलासँग समन्वय गरेर पिसीआर मेसिन चाँडो सञ्चालन गर्छौ । अहिले पिसीआर टेस्ट अन्य जिल्लामा भइरहेको छ । त्यो हुँदा पिसीआर टेस्टको रिपोर्ट ढिला आइरहेको छ । क्वारेन्टाइन तथा होम क्वारेन्टान रहेकाहरुले लामो समयसम्म क्वारेन्टाइनमै बस्नु परेको छ । यसले गर्दा उनीहरुमा मानसिक रोगहरु देखिन सक्ने सम्भावना बढेको छ । त्यसैले पनि पिसीआर मेसिन छिटो सञ्चालनमा ल्याउनु जरुरी छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.