कञ्चनपुरमा विभिन्न क्रियाकलापहरुमा लगाइएको रोक भदौ १९ गते मध्यरातीसम्म लम्ब्याइयो
कार्यालयमा अधिक चाप नगर्न प्रमुख जिल्ला अधिकारीको आग्रह
कञ्चनपुरमा विभिन्न क्रियाकलापहरुमा लगाइएको रोक भदौ १९ गते मध्यरातीसम्म लम्ब्याइयो
कार्यालयमा अधिक चाप नगर्न प्रमुख जिल्ला अधिकारीको आग्रह
ओम प्रकाश पाण्डेय
महेन्द्रनगर, १४ भदौ
कञ्चनपुरमा विभिन्न क्रियाकलापहरुमा लगाइएको रोक यही भदौ १९ गते मध्यरातीसम्म लम्ब्याइएको छ । कोरोना भाइरसको संक्रमण बढेको तथा तीज पर्व र गौर पर्व नजिकिएको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यही भदौ ४ गते रातीदेखि लागु हुनेगरी यही भदौ १४ गतेरातीसम्म विभिन्न क्रियाकलापहरु गर्नमा रोक लगाइएकोमा त्यो समयावधि भदौ १९ गते मध्यरातसम्म लम्ब्याइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
उहाका अनुसार कञ्चनपुरमा भदौ १९ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने छन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइँदैन । औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाइएको छ भने अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ । साथै कञ्चनपुरमा साझ ७ बजेदेखि बिहान ७ बजेसम्म सम्पुर्ण गतिविधिमा रोक लगाइएकोमा आइतवारदेखि साझ साढे ५ बजेदेखि बिहान ७ बजेसम्म सम्पुर्ण गतिविधिमा रोक लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भयो ।
यसैविच कञ्चनपुरमा विभिन्न कार्यालयमा सेवाग्राहीको चाप बढेकाले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै चिन्ता व्यक्त भइ रहेका बेला प्रमुख जिल्ला अधिकारी खतिवडाले सेवा प्रदायक तथा सेवाग्राही दुवैले स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन आवश्यक रहेको बताउनु भयो । शुक्लाफाँटा एफ्.एमसंग कुराकानी गर्नुहुदै प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफुहरुले स्थानीय तहहरुसंग स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा प्रवाह गर्न पटक पटक आग्रह गरी रहेको बताउनु भयो । साथै सेवाग्राहीरुले पनि एकैपटक धेरै ठुलो भीडभाड नगरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा लिनुपर्ने प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाई छ । सरकारले सवारी साधनको सञ्चालनका विषयमा लागु गरेको जोर बिजोर प्रणालीको प्रभावकारीताका विषयमा सोधिएको प्रश्नमा प्रमुख जिल्ला अधिकारी खतिवडाले कार्यान्वयनमा केही समस्या देखिएको भएपनि सवारी साधनको सञ्चालनमा जोर बिजोर प्रणाली लागु गराइ रहेका बताउनु भयो । जोर बिजोर प्रणालीले झनै एकैदिन चाप बढि परी रहेको छ नि यसले कोरोना संक्रमणको जोखिम बढ्दैन ? भन्ने प्रश्नमा उहाले त्यो कुरा सत्य भएपनि एकैदिन जोर र बिजोर दुवै किसिमका सवारी साधन सञ्चालन गर्दा झनै भीडभाड हुन सक्ने भन्दै सरकारले नै जोर बिजोर प्रणाली लागु गरेको बताउनु भयो ।
Comments are closed.