जन्मदिनका अवशरमा अनाथ बालवालिकालाई शैक्षिक सामाग्री तथा फलफुल वितरण

जन्मदिनका अवशरमा अनाथ बालवालिकालाई शैक्षिक सामाग्री तथा फलफुल वितरण
महेन्द्रनगर, १४ भदौ
जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले आफ्नो जन्मदिन कञ्चनपुरमा अनाथ बालवालिकालाई शैक्षिक सामाग्री तथा फलफुल वितरण गर्दै मनाउनु भएको छ । आईतबार संयोजक ओझाले आफ्नो २८ औँ जन्मदिनको अवसरमा कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयका बालवालिकाहरुलाई शैक्षिक सामाग्री, मास्क तथा फलफुल वितरण गर्नु भएको हो । पछिल्लो समय जन्मदिनमा ठुला–ठुला होटेलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले नयाँ कामको थालनी गरेको संयोजक ओझाले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.