राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरद्धारा मन्त्रालयलाई मागपत्र
२५ जना मुक्तहलिया घरपरिवारलाई जग्गाधनी पुर्जा लालपुर्जा
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरद्धारा मन्त्रालयलाई मागपत्र
महेन्द्रनगर, २१ भदौ
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले मुक्त हलियाको न्यायोचित पुनस्र्थापन सहितका विभिन्न मागहरु राख्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई मागपत्र पठाएको छ । १२ औं मुक्त हलिया दिवसको अवसरमा आइतबार स्थानीय प्रशासन मार्फत मन्त्रीलाई मागपत्र पठाइएको छ ।
राष्ट्रिय मुक्त हलिया समाजका अध्यक्ष शिवि लुहारले हस्ताक्षर गर्नु भएको ज्ञापन पत्रमा पुनस्र्थापन सहितका विभिन्न मागहरु राखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीवि निवारण मन्त्रालयलाई पठाइएको पत्रमा छुट मुक्त हलियाहरुको ब्यबस्थापन गर्न संघीय, प्रदेश र स्थानिय सरकारले एकआपसमा समन्वय गरि निजहरुको अवस्था अध्ययन, तथ्यांक संकलन, प्रमाणिकरण र परिचय पत्र वितरण सहित न्यायोचित पुर्नस्थापनको कार्यक्रम अघि बढाउन माग गरिएको छ । यस्तै कञ्चनपुर जिल्लामा नेपाल सरकारबाट लिएको लगत अनुसार बाकी रहेका मुक्त हलियाहरु लाई प्रमाणिकरण गरि परिचय पत्र प्रदान गर्न र पुनःस्र्थापन हुन बांकी मुक्त हलिया घरपरिवारको यथाशिघ्र पुर्नस्थापना कार्य सम्पन्न गर्ने प्रक्रियामा संघीय सरकारबाट स्थानिय सरकारलाई छिटो छरितो कार्य सम्पन्न गर्न वित्तिय अख्तियारी सहित आवस्यक ब्यस्थापन गर्न समेत माग गरिएको छ । साथै नेपाल सरकारको चालु आ.व.२०७७÷७८ को बजेट, नीति तथा कार्यक्रम अनुसार मुक्त हलिया लक्षित कार्यक्रम तथा बजेट लाई प्राथमिकतामा राखि कार्यान्वयनको सुनिश्चितता गर्न माग गरिएको छ ।
लामो समयदेखी छलफलका क्रममा रहेको एकिकृत बधुवा श्रम निःषेध गर्न बनेको मस्यौदा लाई पारित गराउने प्रक्रिया तत्काल अघि बढाउन माग गर्नुका साथै कोभिड–१९ बाट प्रभावित मुक्त हलिया परिवारलाई प्राथमिकतामा राखि रोजगारी सिर्जना हुने र खाद्यसंकट न्युनीकरण गर्न बिशेष कार्यक्रम ल्याई कार्यान्वयन गर्न राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरले माग गरेको छ । मुक्त हलिया सुमदाय माथि हुने जातिय बिभेद तथा छुवाछुतको अन्त्यका लागि आवस्यक कार्यक्रम बनाई कार्यान्वयन गर्न समेत माग गरिएको छ । यसका साथै वाढी, डुवान तथा प्राकृतिक प्रकोप बाट प्रभावित भएका मुक्त हलिया परिवारहरुलाई तत्काल राहत, उद्धार तथा उचित ब्यबस्थापन गर्न समेत माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत भुमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई मागपत्र बुझाइएको हो ।
यसैविच १२ औं मुक्त हलिया दिवसको अवसरमा आइतवार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका २५ जना मुक्तहलिया घरपरिवारलाई जग्गाधनी पुर्जा लालपुर्जा दिइएको छ । राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सीबी लुहारले दिनु भएको जानकारी अनुसार शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर, उपप्रमुख तुलसीदेवी हमाल, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थितिमा लालपुर्जा वितरण गरिएको हो ।
Comments are closed.