सुदूरपश्चिम प्रदेशमा आईतवार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय १०

सुदूरपश्चिम प्रदेशमा आईतवार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
महेन्द्रनगर, २१ भदौ
सुदूरपश्चिम प्रदेशमा आईतवार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन् । तीनवटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा सात सय ५३ जनाको कोरोना परीक्षण भएको थियो । डडेल्धुरा प्रयोगशालामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार आईतवार बझाङका १० र डडेल्धुराका दुई गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । ईच्चार्ज भुसालले बझाङको बुङ्गल नगरपालिकाका १० जना र डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा संक्रमण देखिएको जानकारी दिनु भयो । उहाका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८१ जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको थियो । यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । एक सय एक जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिला गरी ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताउनु भयो । ईन्चार्ज श्रेष्ठका अनुसार अछामको तुर्माखाँद गाउँपालिकाका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसैगरी सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा तीन सय ७१ जनाको कोरोना परीक्षण भएकोमा आठ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिनु भएको जानकारी अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका चार, कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का एक जना, कैलारी गाउँपालिका वडा नम्बर ३ का एक जनामा संक्रमण पुष्टि भएको हो ।

 यस्तै कैलालीकै टीकापुर नगरपालिका वडा नम्बर ७ का एक जना र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ का एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । आईतवार ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय १० पुगेको छ । अहिलेसम्म संक्रमण पुष्टि भएका १४ जनाको ज्यान गएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.