गड्डाचौकीमा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण

कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ । गड्डाचौकीस्थित बोर्डर आउट पोष्टमा कार्यरत ५ जनामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएका सबैको महाकाली अस्पतालको आइसोलेसनमा उपचार भई रहेको छ ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) ले कोरोना संक्रमण देखिएका ५ सशस्त्र प्रहरीको अस्पतालमा उपचार भई रहेको बताए ।

सशस्त्र प्रहरीसंगै एक जना सेनाको पनि आइसोलेसनमा उपचार भई रहेको छ । सेना भगतपुर ब्यारेकका हुन् ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मातहतको बिओपीका सस्शत्रलाई कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.