सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा कालो पट्टी बाँधेर पत्रकारहरुले धर्ना दिएका छन ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाको अगुवाईमा केही दिन यता दैनिक जसो बिरोधका कार्यक्रम हुँदै आएका छन । सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई पक्राउ गरेपनि अन्य लाई पक्राउ गर्न प्रहरीले नसकेको भन्दै दबाब स्वरुप आन्दोलन जारी राखेका हुन ।
धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरे। उनले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको दायरामा नल्याए सम्म सडक संघर्ष जारी राखिने बताए।
कैलालीमा प्रेस स्वतन्त्रता हननका घटना बढेकाले पछिल्लो पटकको घटनाका दोषीलाई कानूनी कारवाही गनुपर्ने माग गरे। सञ्चारमाध्यममा आक्रमण गर्ने मध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
दिनेश सञ्चारगृहले सार्वजनिक हित विरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालयमा शुक्रवार नै जाहेरी दिए पनि अरुलाइ अहिले सम्म प्रहरीले पक्रेको छैन ।
Comments are closed.