कोरोना महामारीका बेला सिट क्षमताभन्दा बढि यात्रु बोकिदै

नियम विपरीत यातायातका साधन सञ्चालन हुदै

कोरोना महामारीका बेला सिट क्षमताभन्दा बढि यात्रु बोकिदै

नियम विपरीत यातायातका साधन सञ्चालन हुदै

महेन्द्रनगर, २ असोज

सुरेन्द्र पाल्पाली

 कोरोना भाइरसको संक्रमणदर नेपालमा दिनप्रतिदिन बढि रहेकै बेला छोटो तथा लामो दुरीका यातायातका साधनहरु सञ्चालन निर्णय गरेसंगै यातायातका साधनहरु सञ्चालन हुन थालेका छन् । यातायात साधनहरु सञ्चालन गर्दा सीट क्षमताको आधा मात्रै यात्रुहरु राख्न पाउने र ५० प्रतिशत बढि भाडा लिन पाउने सरकारले बताएपनि त्यसको कार्यान्वयन भने नभएको पाइएको छ ।

  कञ्चनपुरबाट सञ्चालन हुने कतिपय यातायातका साधनहरुले भने आफुखुसी सिट क्षमता भन्दा बढि यात्रुहरु राखेको पाइएको छ । यात्रीहरुलाई कोचाकोच गराएर यातायातका साधनहरु सञ्चालन हुदा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना झनै बढेको भन्दै स्वास्थ्यका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् । कोरोना संक्रमण फैलिन सक्ने भन्दै सरकारले यातायातका साधनहरुमा सिट क्षमताको आधा मात्रै यात्रु राख्न भनेको भएपनि त्यसको कार्यान्वयन यातायात व्यवसायीबाट नभएको तथा सरकारका नियमनकारी निकायले सोको अनुगमन नगरेका गुनासाहरु आउन थालेका छन् । साथै यात्रीहरुले पनि कोरोना महामारीका बेला कोचिएरै यात्रा गर्दा कोरोना संक्रमणको जोखिम फैलिने सम्भावना बढेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।

 यसरी यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने नियमहरु नअपनाउदा कोरोना संक्रमणको खतरा बढेको छ । त्यसकारण कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि यात्री, यातायात व्यवसायी, चालक, सहचालक तथा सरकार र सरोकारवालाहरुले उचित ध्यान दिन आवश्यक रहेको कतिपयको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.