कञ्चनपुर उद्योग बाणिज्य संघमा मनोनित हुने सदस्य पनि निर्वाचनबाट चुनिएका छन् । संघले सोमबार संघको कार्यालयमा मतदान गरी कार्य समितिले मनोनित गर्ने चार सदस्य मतदानबाट चुनेको हो ।
संघको निर्वाचन भएको डेढ वर्षपछि सोमबार चार सदस्य मतदानबाट चयन गरी कार्य समितिलाई पूर्णता दिइएको छ । त्यसमा तेज बहादुर चन्द, अन्जु सुनुवार, सन्तोस जोशी र लक्ष्मी भट्ट थापा छन् । उनीहरुलाई संघका १६ सदस्यले मत दिएका हुन् ।
कार्य समितिले मनोनयन गर्ने ४ सदस्यमा १५ जनाको दाबेदारी थियो । कार्य समितिमा सहमति हुन नसकेपछि संघका १६ सदस्यले चार जना छनौटका लागि मत दिएका थिए ।
संघका महासचिव बासुदेब जोशीले कार्य समितिमा सहमति हुन नसकेपछि संघको विधान अनुसार मतदान गरी सदस्य निर्वाचित गरिएको बताए । ‘संघको विधानमा नै सहमति नभएपछि मनोनित गर्ने भन्ने व्यवस्था छ’ उनले भने,‘त्यस अनुसार चार सदस्य निर्वाचित गरिएको छ ।’
संघको विधानमा अध्यक्ष दुई र कार्य समितिले चार सदस्य मनोनित गर्ने व्यवस्था छ । त्यस अनुसार अध्यक्ष मल्लले गत महिना आफ्नो कोटामा खगेश्वर बोहरा र गजेन्द्रदेब लेखकलाई मनोनित गरेका थिए ।
अध्यक्ष मल्लको अध्यक्षतामा चार सदस्य पूर्तिका लागि मतदान गरिएको हो । संघको विधानमा बराबरी मत आएको अवस्थामा मात्रै अध्यक्षले मत दिने व्यवस्था भएकाले त्यस अनुसार उनी भने मत दिएन ।
संघको तीन वर्षे कार्यकालको आगामी पुसमा दुई पूरा हुँदैछ । संघको निर्वाचनमा मल्ल र अर्का व्यवसायी सञ्जिवचन्द्र भट्टको नेतृत्वमा दुई प्यानल चुनाव लडेका थिए । चुनावनमा भट्ट बाहेक अधिकाँश पदाधिकारी र सदस्यमा उनको प्यानल जितेको थियो ।
सोमबार मनोनित कोटाका चार सदस्य अध्यक्ष मल्ल प्यानलका हन् । भट्ट प्यानलका पदाधिकारी र सदस्यको समर्थनमा अध्यक्ष मल्लले मनोनित कोटाका चार सदस्यमा निर्वाचित गराएका छन् ।
संघमा यस अघि गणेशदत्त जोशीको कार्यकालमा पनि मनोनित सदस्यका लागि मतदान गरिएको थियो ।
Comments are closed.