महाकाली नगरपालिकाको झोलुङ्गे पुल देखि कुतियकभर सम्मको सडक कालोपत्रेको कार्य पूरा

महाकाली नगरपालिकाको लाइफलाईनका रुपमा रहेको झोलुङ्गे पुल देखि कुतियकभर सम्मको साढे एघार किलोमिटर सडक कालोपत्रेको कार्य पूरा भएको छ ।

स्थानिय बासिन्दाको आवागमनलाई सहज बनाउनका लागि ओटासिल प्रविधिमा आधारित सडक कालोपत्रेको कार्य गरिएको हो ।

राष्ट्रिय ग्रामीण सडक सुदृढीकरण कार्यक्रम ( एसएनआरटिपि ) अन्र्तगत ६ करोडको लागतमा सडक कालोपत्रे पूरा भएको नगरपालिकाका इन्जिनयिर दिपेन्द्रराज भट्टले बताए ।

सडक कालोपत्रेको कार्य गरिए पछि यस क्षेत्रका बासिन्दाको आवागमनमा निकै सुविधा पुगेको छ । ‘विगतमा कच्चि सडकमा रहेका खाल्डा खुल्डीका कारण हिँडडुल गर्न समेत मुश्किल हुन्थ्या’े स्थानिय सर्वजित बुढाले भने, ‘सडक कालोपत्रे भएपछि सहज रुपमा सवारीका साधन गुडाउन पाएका छौं ।’ सडक नगरपालिकाको मेरुदण्डका रुपमा रहेको उनले बताए ।

‘बिरामीलाई दोधारा स्थीत प्राथमिक स्वास्थ्य केन्द्र पुरयाउन समेत विगतमा हम्मे हम्मे पर्दथ्यो’ दल बहादुर सुनारले भने, ‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडकको अबस्थमा सुधार गरी कालोपत्रे गरिए पछि एक छिनमै स्वास्थ्य केन्द्र पुग्न सकिने भएको छ ।’ सडक कालोपत्रे भएको क्षेत्रको जग्गाको मूल्य समेत विगतको तुलनमा तेव्वर बढीले बृद्धि भएको छ ।

पाँच बर्ष अघि देखि स्तरोन्नतीको कार्य हुन नसकेको बयलबन्द कुतियाकभर सडक समेत चालु आब देखि कालोपत्रे गर्नका लागि कार्य अघि बढाईएको छ ।

‘ठेकेदारको ढिलासुस्तीका कारण २८ किलोमिटर कृषि सडक निर्माणको कार्य अघि बढ्न सकेको थिएन’ नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले भने, ‘चालु आब देखि सडकमा कालोपत्रे गर्नका लागि बेस राख्ने कार्य शुरु भएको छ ।’

सडक कालोपत्रेको कार्य गर्नका लागि ठेकेदारले दुई बर्षको थप म्याद पाएकाले सडक निर्माणको कार्य निर्धारित समयमै पुरा हुने उनले बताए ।

पाँच बर्ष देखि थाति रहेको सडक कालोपत्रे गर्ने कार्य दुई बर्षमै पूरा हुने उनको भनाई रहेको छ । सो सडक कालोपत्रे गर्नका लागि रु ३२ करोडमा ठेक्का सम्झौता गरिएको छ ।

यसैगरी, नगरपालिकाको झोलुङ्गे पुल देखि जमुनाघाडी सम्मको झण्डै १५ किलोमिटर सडक समेत कालोपत्रे गर्नका लागि कार्य अघि बढाईएको छ ।

‘दुई बर्ष भित्रै नगरपालिकाका सबै वडालाई कालपत्रे सडकले जोडने लक्ष्य पुरा हुने गरी कार्य गरि रहेका छौं’ नगर प्रवक्ता सिजालीले भने, ‘बलियो सडक पूर्वाधार निर्माणमा हाम्रो जोड रहेको छ ।’ वडा भित्र रहेका कच्चि सडकहरुको स्तरोन्नति कार्यका लागि समेत नगरपालिकाले बजेट परिचालन गरेको छ ।

सडक पूर्वाधार निर्माणका लागि प्रदेश सभा सदस्य र प्रतिनिधि सभाका सांसदको बलियो साथ रहेको छ । टापुका नामले चिनिने दोधारा चाँदनी हालको महाकाली नगरपालिकालाई विकासमा समृद्ध बनाउने प्रतिवद्धता पुरा गरेर छाड्ने नगरपालिकाका जनप्रतिनिधहरु बताउँछन् ।

नगरपालिकाको कञ्जभोजमा निर्माण हुने सुख्खा बन्दरगाह जोडनका लागि महाकाली करिडोरको कार्य समेत यसै क्षेत्रबाट हुने भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.