औषधि लगायतका आपुर्ति व्यवस्थापन अब अनलाइन प्रणालीमा

औषधि लगायतका आपुर्ति व्यवस्थापन अब अनलाइन प्रणालीमा
निर्मला खडायत
कैलाली ७ असोज ।
सुदूरपश्चिम प्रदेशका स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि लगायतका आपुर्ति व्यवस्थापन अब अनलाइन प्रणालीमा जाने भएको छ । यसका लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनलायले ९ वटै जिल्लाका स्थानीयतहका स्वास्थ्य प्रतिनिधिहरुलाई तालिम दिइरहेको छ । बुधबार देखि कैलालीमा यस कार्यक्रमको लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिन सुरु गरिएको छ ।

 प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थिले आपुर्ति व्यवस्थापन अनलाइन प्रणालीमा गए औषधि आपूर्तिमा निकै सहजता ल्याउने विस्वास ब्यक्त गर्नु भयो । डा. अवस्थिले कुन पालिकामा कुन ओषधि कति छ भनेर अब दैनिक हेर्न सकिने र यसले औषधि आपूर्ति गर्न सहज हुने बताउनु भयो । नेपाल सरकारले यो कार्यक्रम ७ वटै प्रदेशमा सञ्चालन गर्ने भनेकोमा सुदुरपश्चिम प्रदेश यो कार्यक्रम सञ्चालन गर्ने पहिलो प्रदेश भइरहेको छ । निर्देशनालयले हालसम्म बझांग, बैतडी, डडेल्धुरा, बाजुराका स्वास्थ्यकर्मीहरुलाई यो तालिम दिइसकेको र कैलाली कञ्चनपुरमा तालिम दिने काम भइरहेको जनाएको छ । दार्चुला र अछाममा पनि १२ गते भित्र तालिम दिइसकिने जानकारी प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुणराज अवस्थिले दिनु भयो । कात्र्तिक ७ गतेभित्र स्थानीय तहका हरेक स्वास्थ्य संस्थामा के कति औषधिको मात्रा रहेको छ भन्ने तथ्यांक स्थानीयतहका स्वास्थ्य प्रतिनिधिहरुले अनलाइनमा राखिसक्नुपर्नेछ ।

 हाल सम्म अस्पतालमा यकिन तथ्यांक नराखिने गरेकोले कुनै अस्पतालमा आवस्यकता भन्दा बढि औषधि मौज्दात हुने गरेको र कुनैमा आवस्यक औषधि सम्म नहुने गरेको समस्या हुँदै आएको थियो । तर, अब त्यसो नहुने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताउनु भयो । उहाले सरकारबाट औषधिको आपुर्ति गर्दा व्यवस्थित र प्रभावकारी बनाउन यो प्रणाली सहयोगी बन्ने विस्वास ब्यक्त गर्नु भयो । सुदुरपश्चिम प्रदेशमा यो कार्यक्रम UsAID, GHSC-PSM को सहयोगमा सञ्चालन भइरहेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.