सामुदायिक वनबाट पक्राउ परेका एक बालकमाथि निर्घात कुटपिट,अनुसन्धान गरिने

बेलौरी नगरपालिका ९ स्थित बैजनाथ मध्यवर्ती सामुदायिक वनबाट पक्राउ परेका एक बालक निर्घात कुटपिट गरिएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सेना सहितले ती १२ वर्षे बालक र स्थानीयलाई केही दिन अघि वनबाट पक्राउ गरेको थियो ।

सेनाको कुटपिटबाट ती बालकको मुटु र कलेजको चोट लागेको देखिएको अवस्था गम्भीर मोडमा पुगेको छ । खाना खान र सुत्न समेत नसक्ने अवस्थाका पुगेका उनको मानसिन सन्तुलनमा समेत असर परेको उनको परिवारको भनाई छ ।

गाउँका स्थानीयसंगै मासु खान भनेर वनभित्र पसेका उनलाई पक्राउ गरी सेनाले बुटले प्रहार गरेको उनको परिवारको भनाई छ । सेनाको कुटपिबाट घाइते भएपछि महाकाली अस्पतालमा भर्ना भएका उनलाई नेपालगञ्ज रिफर गरिएको छ ।

ती बालकले सेनाले पक्राउ गरी बुटले छातीमा हाने र त्यसपछि गाडीमा राखेर लाठीले प्रहार गरेको बताएका छन् । ती बालकका अभिभावक गणेश दत्त अवस्थीले सेनाले कानुन अनुसार कारवाही गर्नु पर्नेमा कुटपिट गर्न नहुने बताए । ‘यसरी कुटपिट गरिनु हुँदैन थियो’ उनले भने ।

मंगलबार राति सामुदायिक वन क्षेत्रबाट काठ तस्करी गरिरहेको अवस्थामा ती बालक सहित करण बहादुर ऐर, प्रेम चन्द, सञ्जय चन्द, जनक राज अवस्थी, कालु राम चौधरी र देव सिंह चौधरीलाई पक्राउ गरिएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले बालक कुटपिटबारे अनुसन्धान गरिने बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बेलडाँडी कालिकिच र चानदेवबाट खटिएको ४० सैनिकको टोलीले उनीहरुलाई घेरा हालेर नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.