रु. तीन लाख ४० हजार भन्दा बढिको राहत वितरण

रु. तीन लाख ४० हजार भन्दा बढिको राहत वितरण
रेखा कलौनी (अनु)
महेन्द्रनगर, १३ असोज
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा कोभिड १९ महामारीका बेला लकडाउन सुरु भएदेखि अहिलेसम्म रु. तीन लाख ४० हजार भन्दा बढिको राहत वितरण गरिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ६ ले कोरोना महामारीबाट बच्न वडा समितिले २०७६ साल चैत ११ गतेदेखि अहिलेसम्म गरेका गतिविधिका विषयमा मंगलवार पत्रकार सम्मेलन गरी जानकारी दिदै कुल रु. ३ लाख ४३ हजार ६ सय ८ रुपैया बराबरको राहत वितरण गएको जनाएको छ ।

 पत्रकार सम्मेलनमा वडा समितिले कोभिड १९ का बेला कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि र राहत वितरण गर्दा भएको खर्च त्यसैगरी वडा समितिले गरेको आम्दानीका विषयमा समेत जानकारी दिइएको थियो । पत्रकार सम्मलेनमा रु.५ लाख ८६ हजार ८ सय ४६ को आयव्यय विवरण प्रस्तुत गरीएको थियो । भीमदत्त नगरपालिका वडा नम्बर ६ ले कोभिड १९ बाट प्रभावितहरुलाई राहत प्रदान गर्न तथा कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि विभिन्न व्यक्तिहरुबाटरु. ५ लाख ५६ हजार ४ सय ७६ प्राप्त गरेको जनाएको छ । चैत ११ गतेदेखि नेपाल सरकारले गरेको देशव्यापी लकडाउनले वडाभित्र रहेका गरीब असहाय, दलित र असंगठित मजदुरहरुको छाक टार्न समस्या उत्पन्न भएकाले वडा नम्बर ६ को वडा समितिले २०७६ चैत १६ गतेवडाअध्यक्ष हरकसिह धामीको अध्यक्षतामा बैठक बसि वडा विपद व्यवस्थापन समिति पुर्न गठन गरीएको थियो । वडा अध्यक्ष संयोजक रहने गरी वडा सदस्य, टोल विकास संस्थाका पदाधिकारी, क्लवका प्रतिनिधी, नेपाल प्रहरी, समाजसेवी सहितको वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरी त्यही बैठकबाट वडामा रहेका गरीब, असहाय र मजदुरहरु, डेरा गरी बस्ने विद्यार्थीहरुको अभिलेख राखी खाद्य समस्या व्यवस्थापनका लागि भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई जानकारी गराई राहत संकलन कार्य अघि बढाइएको पत्रकार सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्दै भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडा सचिव राज बहादुर थापाले बताउनु भयो ।

 वडामा २७ सदस्यीय वडा स्तरीय खाद्य व्यवस्थापन समिति गठन गरीएको बताउदै वडा सचिवथापाले सो समितिले विपद पुर्व तयारी अन्र्तगत सार्वजनिक रुपमा वडाभित्र रहेका विभिन्न संघसंस्था, समाजसेवी, व्यापारी, बुद्धिजीवी तथा सर्वसाधारणहरुलाई स्वेच्छिक रुपमा संहयोग संकलन गर्ने कार्य सुरु गरीएको बताउनु भयो । साथै भीमदत्त नगरपालिका वडा नम्बर ६ का वैदेशिक रोजगारीमा रहेका नागरीकहरुलाई समेत स्वेच्छिक रुपमा राहत संकलनमा सहयोग पु¥याउन आह्वान गरेकोसमेत वडा सचिवथापाले बताउनु भयो ।

 पत्रकार सम्मेलनमा बोल्दै भीमदत्त नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष हरकसिह धामीले विगतका दिनमा पनि कोभिड १९ सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको बताउदै आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.