महेन्द्रनगरको गड्डाचौकीस्थित कार्की होटेल एण्ड लजबाट जुवा खेलि रहेका १२ जना पक्राउ परेका छन् । प्रहरीले होटल सञ्चालक गोपाल सिह सहित उनीहरुलाई नगद ४६ हजार पाँच सय सहित पक्राउ गरिएको छ ।
कार्की होटेलमा जुवा खेलि रहेको गोप्य सूचनाको आधारमा शुक्रबार होटलमा प्रहरीले छापा हानेको थियो । प्रहरीले जुवा खेलि रहेको स्थानबाट तीन गड्डी तास समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले नियन्त्रणमा लिएका सबैमाथि अनुसन्धान सुरु गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पदम बोहरा, शंक पाण्डेय, नरेन्द्र सुनार, करन सिह कार्की, पदम सिह खत्री, नन्दराज जोशी, देबराज ओझा, कमल गुरूङ्ग, करण सिह सुनार, दिल्लीराज जोशी, गोपाल कार्की र दिपक राज जोशी छन् ।
केही दिन अघि शुक्लाफाँटा नगरपालिकाको कलु्वापुरबाट १९ जुवाडे पक्राउ गरिएको थियो ।
Comments are closed.