कञ्चनपुरकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १ की २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणवाट मृत्यु भएको हो ।
उनको आज बिहान साढे ४ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको मेडिकल कलेजले जनाएको छ ।
ती महिलाले सेती प्रादेशिक अस्पतालमा जुम्ल्या बच्चा एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन्। उनलाई असोज १४ गते कोरोना पुष्टि भएको थियो।
Comments are closed.