एसएसबीले माहाकाली नगरपालिका स्थानीयलाई खेतमा सिँचाई गर्न अवरोध गरेपछि झडपको अवस्था

माहाकाली नगरपालिका ८ सुन्दरनगरमा स्थानीय र भारतीय सीमा सुरक्षा बल(एसएसबी) बीच झडपको अवस्था आएको छ । एसएसबीले स्थानीयलाई खेतमा सिँचाई गर्न अवरोध गरेपछि विवाद बढेको छ । विवाद बढ्दै गएपछि स्थिति झडप हुने अवस्थामा पुगेको छ ।

स्थानीयका अनुसार वर्षौदेखि स्थानीयले भोगचलन गर्दै आएका जमिनलाई एसएसबीले दशगजामा पर्ने भन्दै छाड्न दबाव दिदै आएको छ । स्थानीयले भने जमिन आफूहरुको भएको भन्दै नछाड्ने अडान लिर्दै आएका छन् ।

स्थानीयसित झडप हुने स्थिति आएपछि एसएसबीले गोली प्रहार गर्न लागेको एक स्थानीयले बताए । माहाकाली नगरपालिका ८ का अध्यक्ष ओमप्रकाश रोकाया सहित दोधारा चाँदनीका सशस्त्र र जनपद प्रहरीका प्रमुखहरु अहिले सुन्दरनगर पुगेका छन् ।

सुन्दरनगरमा स्थानीयले भारतले विना कारण दुःख दिएको भन्दै आक्रोशित भएका छन् । दोधारा चाँदनीका पत्रकार पप्पु गुरुङ्गले सुन्दरनगर क्षेत्रमा यो जमिनलाई लिएर पहिलादेखि नै विवाद हुँदै आएको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले भने प्रहरी पठाएर जानकारी लिने कार्य भई रहेको बताए ।

सम्बन्धित

Comments are closed.