सुदूरपश्चिममा प्रदेश प्रहरीद्धारा विशेष सुरक्षा योजना तयार

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रहरीद्धारा सुरक्षा योजना तयार

सुदूरपश्चिममा प्रदेश प्रहरीद्धारा विशेष सुरक्षा योजना तयार
महेन्द्रनगर, २५ असोज
सुदूरपश्चिम प्रदेशमा प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रहरीले सुरक्षा योजना तयार पारेको जनाएको छ । चार्ड पर्वमा हुन सक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्ने उद्येश्यले सुरक्षा रणनीति तयार गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । चाड पर्वका समयमाबढी घटना तथा दुर्घटना हुने भएकाले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका उहाले बताउनु भयो ।

 दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको बरिष्ठ प्रहरी उपरीक्षकसिहले बताउनु भयो । एक सातामा प्रहरीले ३ दर्जन भन्दा बढी जुवाडेलाई पक्राउ गरेका बताउदै उहाले पक्राउ परेकाहरु माथि कडा कारबाही हुने बताउनु भयो । आइतबारबाट नयाँ सुरक्षा रणनीति अनुसार प्रहरी अघि बढ्ने बरिष्ठ प्रहरी उपरीक्षकसिहले बताउनु भयो । उहाका अनुसार सुदूरपश्चिम प्रदेशमा ५ हजार ५० जना प्रहरीले नयाँ सुरक्षा बनाएर नागरिकलाई सेवा दिने छन् ।प्रदेशका ९ वटै जिल्लामा थप प्रहरी परिचालन गरी अपराध हुन सक्ने स्थानमा प्रहरीलाई चनाखो रहन निर्देशन दिइएको सिंहले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीमा थप प्रहरी परिचालन गरिएको छ ।

 कैलालीमा र कञ्चनपुरमा ५०÷५० र डोटी तथा डडेल्धुरामा १०÷१० जना प्रहरी थप गरिएको छ ।दसैं, तिहार र छठसम्म प्रदेशका ९ वटै जिल्लामा सीमा नाकाको नियमन, मोबाइल गस्ती, राजमार्ग स्कर्टिङ, पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, यात्रु सहायता कक्ष लगायतमा प्रहरी खटिने वरिष्ठ प्रहरी उपरीक्षक सिंहले बताउनु भयो ।बढी भीड हुने ४० स्थानमा यात्रु सहायता कक्ष तयार गरीरहेको बरिष्ठ प्रहरी उपरीक्षकसिहले बताउनु भयो । विशेष अवस्थाका लागि ७ सय १४ जना प्रहरीको टोली समेत तयारी अवस्थामा रहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.