भीमदत नगरपालिकामा अब भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गरीने

नगरपालिकालाई प्रविधिमैत्री बनाइने

भीमदत नगरपालिकामा अब भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गरीने

रेखा कलौनी (अनु)
महेन्द्रनगर, २९ असोज
कञ्चनपुरको भीमदत नगरपालिकामा अब भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गरीने भएको छ । नगरपालिकालाई सूचना प्रविधिमैत्री नगरपालिका निर्माण गर्ने उद्येश्य अनुरुप नगरपालिकाले भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गर्न विद्युतीय नक्सापास प्रणाली ९ भ्भिअतचयलष्अ द्यगष्मिष्लन एभचmष्त कथकतझ–भ्द्यएक्सफ्टवेयर प्रणाली प्रयोगमा ल्याएको हो ।

 सो सफ्टवेयर प्रयोग गर्ने भीमदत्त नगरपालिका, सुदूरपश्चिम प्रदेशमै पहिलो नगरपालिका भएको छ भने देश भरीमा ९ औं नगरपालिकामा भएको छ । बिहीबार एक औपचारीक कार्यक्रमका बिच भिमदत नगरपालिकाका नगरप्रमुख सुरेन्द्र बिष्टले भवन नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य डिजिटल माध्यमबाट गर्न विद्युतीय नक्सापास प्रणालीको उद्धघाटन गर्नुभएको हो ।कार्तीक १ गतेबाट विद्युतीय नक्सापास प्रणाली सुरुहुने भीमदत्त नगरपालिकाले जनाएको छ । अब घर नक्सा डिजीटल प्रणालीमा गएको उहाले जानकारी दिनुभयो । भीमदत नगरपालिकाले विद्युतीय नक्सापास प्रणाली लागु गरेको र नगरपालिकाका अन्य सेवालाई पनि डिजिटलबनाउने कार्य सुरुगरीएको नगर प्रमुख बिष्टले बताउनु भयो । यसअघि नगरपालिकाले कागजी प्रणालीबाट नक्सा स्वीकृत गर्दै आएको थियो । अबदेखि नगरपालिकाले विद्युतीय नक्सापास प्रणालीमार्फत नक्सा स्वीकृत गर्ने भएको छ। भुमि व्यवस्थापन तथा भवन नियमन शाखाले कागज रहित नक्सा पास गर्ने भएको छ । भुमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख ईन्जिनियर दिपेन्द्र प्रशाद जोशीले विद्युतीय प्रणाली अनलाईन मार्फत नक्सा पासका लागि सेवाग्राहीले आवेदन गर्नुपर्ने बतउनु भयो ।

 पहिले सेवाग्राही फाईल बोकेर कार्यालय आउनुपर्ने बाध्यता रहेकोमा अब त्यो व्यवस्था हटेको ईन्जिनियर जोशीले बताउनु भयो ।नक्सापास गर्नाले व्यवस्थीत सहरीकरण, वास्तबिक बिकास,सुरक्षित बस्ती विकास हुनुका साथै धनजनको सुरक्षागर्नसहज हुने भुमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रमुख ईन्जिनियर जोशीले बताउनु भयो । भीमदत नगरपालिकाका सुचना अधीकारी हरीसिहं धामीले अब कार्यालयमा नआई सबै कागजात अनलाईबाट भरी घर नक्सा पासगर्न सकीने बताउनु भयो । भीमदत नगरपालिकामा ८हजार भन्दा बढीघर नक्सा पासभएका छन । अहिले देशभरमा भीमदत नगरपालिका सहीत ९ओटा नगरपालीकामा मात्रै घर नक्सा पासकालागी विद्युतीय नक्सापास प्रणाली भ्द्यएक् सफ्टवेयर प्रणालीप्रयोग भइ रहेको छ ।

सम्बन्धित

Comments are closed.