वडा अध्यक्षबाट सास्ती भोग्दै स्थानीय जनता
महेन्द्रनगर, ३० कार्तिक
कैलालीको कैलारी गाउपालिका वडा नं. ९ का वडा अध्यक्ष खेमराज चौधरी एक हप्तादेखि फारार छन । सब डिभिजन बन कार्यालय फुलबारीले उनको खोजी गरिरहेको छ तर उनि सम्पर्कमा छैनन । वडा कार्यालयको डोजर लगाएर सरकारी वन विनास गरि आफनो लागि १५ कट्ठा जमीन बनाएपछि उनलाइ समात्न सब डिभिजन वन कार्यालय फूलवारीले खोजीरहेको छ, तर उनि सम्पर्कमा आएका छैनन । त्यसो त गाउमै हुदापनि अध्यक्ष चौधरी वडा कार्यलयमा कम र वन तस्करीमा बढी सक्रिय रहको स्थानीयको आरोप छ ।
वडा कार्यालयको डोजर लगाएर वन अतिक्रमण गरि १० कट्ठा भन्दा बढी जग्गा बनाएको र २२ वटा सालका रुख कटान गरि करीब २१५ क्युबकि फुट काठ कटानी गरेको फुलबारी सब डिभिजन वन कार्यालयका प्रमुख निराजन कडालले बताउनु भएको छ । आफुहरुले सुचना पाउने वितिक्कै फिल्डमा गएका भएपनि ती व्यक्ति फेला नपरेको र दोश्रो दिन जादा समेत फरार भएकाले समात्न नसकेका कडालले बताउनु भयो । तर वडाअध्यक्ष चौधरीका विरुद्ध अदालतमा मुद्धा दायर गर्ने तयारीमा रहेका वन अधिकृत कडालले बताउनु भयो ।
वनका कर्मचारी आउछन सुकुट्टी खाएर फर्कन्छन
यस अघि पनि वडा अध्यक्ष चौधरीले वन विनास गरिरहेको सुचना दिएपनि सब डिभिजन वन कार्यालयले कुनै सुनवाई नगरेको स्थानीयको आरोप छ । वन विनास भइरहेको छ भनि सब डिभिजन वनमा खबर गर्दा समेत कुनै सुनवाई नभएको स्थानीय राम प्रसाद चौधरीले बताउनु भयो । जंगलको काठ काटेर वडा अध्यक्षले २ रुखका गोलिया आफ्नो खेतमा, आफ्नै भाइ हरिराम डगौराको खेतमा ७ वटा गोलिया, समाज सुधार सामुदायिक वनका सचिव बलराम चौधरी, कोषाध्यक्ष लालबहादुर डगौरा र सदस्य लालबहादुर चौधरीको खेतमा १७ गोलिया लुकाएर राखेको छ भन्दा पनि सब डिभिजन वन कार्यालयले कुनै कार्बाही नगरेको स्थानीय प्रकाश चौधरीले बताउनु भयो । वनका कर्मचारीहरु हिक्मत रावल, डबल बहादुर रावत र दुर्गा विष्ट सहित वन रक्षकहरुको टोली आएर केही नगरि फर्कने गरेको स्थानीयको आरोप छ । खेमराज चौधरी जमाना देखिको सिकारी रहेकाले चौधरीसंग एउटा लाइसेन्स सहितको हतियार र अरु ५ थान विना लाइसेन्सको हतियार रहेको स्थानीयहरुले बताएका छन् । वनका मृगहरु मारेर कर्मचारीहरुलाइृ पनि खुवाउने गरेकाले कर्मचारीहरु आएपनि कुनै कार्वाही नगरि फर्कने गरेको वडा अध्यक्ष कै भान्जा राम प्रकास चौधरीले आरोप लगाउनु भयो । कर्मचारीहरु आउछन सोधपुछ गर्छन र उल्टै हामीहरुलाई नै हप्काएर जान्छन, एकपटक त हामीले उजुरी दियौ कर्मचारीहरु आए र उल्टै उजुरी दिनेहरुमाथी नै मुद्दा चलाए त्यसको सिकार म पनि भएको हुं रामप्रकास ले दुःखेसो पोख्दै भन्नु भयो, यस विषयमा सब डिभिजन वन कार्यालय फूलबारीका वन अधिकृत निराजन कडालले आफ्ना कर्मचारीहरुले त्यसो नगरेको बरु स्थानीयले सहयोग नगरेको बताउनु भएको छ । हामी तिनलाई पक्रन जादा स्थानीयले सुचना गरिदिने गरेका कारण पक्राउ गर्न नसकिएको कडालको भनाइ छ । तपाइका कर्मचारीहरुले जंगली जनवरको सुकुटी खाएर फर्कने गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा कडालले भन्नु भयो समाज सुधार सामुदायिक वनलाई बैज्ञानिक बन बनाउने भनि कार्ययोजना र फिल्ड सर्भे गर्न गएको बेला वडा अध्यक्षकै नजिकको सामुदायिक बनका अध्यक्षको घरमा बसेर ३ र ४ दिन लोकल मुर्गा र दारु खाएको तर जंगली जनवारको मासु खाएका छैनन् । तपाईहरुले बनका कर्माचारीलाई सहि सुचना किन नदिएको त भन्दा राम प्रकास चौधरीले भन्नु भयो के गर्ने हजुर केही भन्यो भने उल्टै हामीलाई धम्की दिन्छ, घरमा बन्दुकको फायर गर्छ वडा कार्यालयमा विबाद भयो भने साँझ घरमा आएर हवाइ फायर गरेर जनतालाई तर्साउछ फेरी वडाबाट पाउने सेवा सुविधा पनि कटौती गरिदिन्छ, अस्ती बनका कर्मचारी आएको दिनपनि साँझ ५ राउण्ड हवाइ फायर गर्यो त्यसैले उसको डरले जनता केही बोल्दैनन । जनतालाई निकै डर त्रास र धम्की दिएका कारण उसको विरुद्धमा जनता बोल्न नसकेको कुरा सब डिभिजन वन कार्यालय फुलबारीका वन अधिकृत निराजन कडालले समेत बताउनु भएको छ ।
जनता मा वि को ५ लाख ५० हजार र विद्युत सहकारीको ६ लाख ७४ हजार पच
वडा अध्यक्ष हुनु भन्दा पहिले खेमराज चौधरी स्थानीय जनता माविको अध्यक्ष थिए । त्यति बेला विद्यालयमा कांडेतार गर्ने भन्दै २ लाख पचास हजार रुपैया पेस्की स्वरुप लिए र पछि काडेतार होइन पर्खाल नै लगाउनु पर्ने भन्दै थप ३ लाख समेत गरि ५ लाख ५० हजार पेश्की लिए तर काम गरेनन विद्यालय व्यवस्थापन समितिकी सदस्य सुस्मिता चौधरीले बताउनु भयो । काम गर्ने भनेर लगेको ५ लाख पचास हजार कामै नगरी खाइदिए अहिले सम्म काम गरेका छैनन विद्यालयमा निजी श्रोतबाट रािखएका शिक्षकको तलब समेत दिन सकिएको छैन सदस्य चौधरीले दुःखेसो पोख्नुभयो । वडा अध्यक्ष खेमराज चौधरी रौराबाबा ग्रामीण विद्युत सहकारी संस्थाका समेत अध्यक्ष हुन । २०७२ सालमा गाउमा विद्युतीकरण गर्न तत्कालीन गदरिया गाविसबाट ६ लाख ७४ हजार रुपैया सापटी स्वरुप उपलब्ध गराएको भएपनि हाल सो रुपैया नतिरेको त्यहाँका भलमन्सा फूलराम चौधरीले बताउनु भयो । त्यतिबेला मैले नै तत्कालीन गाविस सचिव जी संग हार गुहार गरेर पैसा मागेको हु हजुर, तर अहिले सम्म तिरेको छैन पैसा तिर भन्दा उल्टै धम्की दिन्छ के गर्ने भलमन्सा फुलरामले दुःख पोखे, त्यासो त चुनावको बेलापनि भोट दिने भए विजुलीको मिटर दिन्छु नत्र दिन्न भन्दै धम्काएको र भोट नदिनेहरुको मिटर समेत निकालेर लगेको स्थानीय कमल चौधरीले बताउनु भयो ।
शिबलाल चौधरीको जग्गा कब्जा
पंचायत कालदेखि नै चलन भोग गर्दै आएको र २०५४ सालको नापीमा ऐलानी भनेर जनाएको शिब लाल चौधरीको १५ पट्ठा जग्गा कब्जा गरेको चौधरीले दुखेसो पोखे । मैले उसलाई भोट दिएन हजुर मेरो जग्गा पनि कब्जा गरेर जोत्यो घरमा लगाएको विद्युतको मिटर पनि निकालेर लग्यो मैले लाग्ने शुल्क पुरै तिरेको छु, तर मेरो घरमा लगाएको विद्युतको मिटर लग्यो जग्गा पनि जोतेर खायो घरमा पनि अध्यारो पार्यो शिबलालले गहभरी आशु पार्दै भने ।
गाउमा कुनै पत्रकार पस्ने वित्तिकै स्थानीय जनताको ओइरो लाग्छ र वडा अध्यक्षले गरेका कर्तुतहरु सुनाउन थाल्छन । हामी कैलाली जिल्लाको कैलारी गाउपालिका वडा नं. ९ मा पुग्दा नेकपाका वडा अध्यक्ष कमल रानाले वडा कार्यालयको भवन देखाउदै भन्नु भो हेर्नाेस हजुर यो भवनको पैसा पुरै भुक्तानी भइसक्यो तर अहिले सम्म वडा कार्यालय अधुरै छ । टेण्डर प्रकृयाबाट केही नआउने देखेपछि आफ्नै भाइलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर ठेक्कामा दिन लगायो रकम जम्मै भुक्तानी भयो झ्यालढोकामा ग्रील र रंगरोगन बाकी नै छ । गत बर्ष एम्बुलेन्स किन्ने भनेर पालिकाबाट १५ लाख ल्यायो यतिले पुग्दैन एम्बुलेन्स राख्ने घर पनि चाहिन्छ भनेर वडाबाट थप ८ लाख पनि विनियाजन गर्यो तर त्यसको अहिले सम्म हिसाब किताब सार्बजनिक गरिएको छैन यस पालि अख्तियारमा निबेदन दिएका छौ सर हेरौ के गर्छ कमल राना र रामकिसन रानाले गुनासो गर्दै भने । नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उमेदवारको रुपमा स्वतन्त्र बाट वडा अध्यक्ष बनेका कैलारी गाउपालिका वडा नं. ९ का अध्यक्ष खेमराज चौधरीले राम्रो कारम गरेको भन्ने एकजना पनि स्थान्ीय भेटाउन सकिएन । जनताको सेवा गर्ने भनि निर्वाचित भएका अध्यक्ष यो दादागिरी देख्दा सुशासनको धज्जी उडेको छ ।
Comments are closed.